back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा १९ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

711 

shares

१९ मंसिर काठमाडौं । नेपालमा शुक्रबार (१९ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख ७१ हजार ९५० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८ हजार ३१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १४ हजार ४४७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५ हजार ९३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ३९४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३२८ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २६, प्रदेश २ मा ८, बागमती प्रदेशमा १२२, गण्डकी प्रदेशमा ८१, लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३२८ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ८ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ५४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर र कास्की गरी ६ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ५३७ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ ।

त्यस्तै आज थपिएका १२७२ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । साथै आज १५७५ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।
आज १६ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ ।

आज देशैभरी १२७२ जनामा कोरोना संक्रमण, १५७६ जना निको भए
नेपालमा आज काठमाडौं उपत्यकाका ६०६ जनासहित देशैभरी १२७२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार ३१ जनामा गरिएको कोरोनाको नमुना परीक्षणमा १२७२ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ४८४ जना महिला र ७८८ जना पुरुष रहेका छन् ।

आज थपिएका १२७२ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

त्यसैगरी आज देशैभरीबाट १५७५ जना कोरोना संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार विभिन्न अस्पतालका आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा बसेका १५७५ जना कोरोना संक्रमित निको भएका हुन् ।

आज निको भएका १५७५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २१ ह्जार ८४७ पुगेको छ । निको हुनेको यो दर ९२.९ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० हजार ३९४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १७७५, प्रदेश २ मा २४२, बागमती प्रदेशमा ५,९७४, गण्डकी प्रदेशमा ४५९, लुम्बिनी प्रदेशमा १३०२, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा ५५८ जना गरी १० हजार ३९४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा .. जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज १६ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १६ जनाको मृत्यु भएको हो । आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १७:३२ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...