back
CTIZAN AD

ओली आचरण र व्यवहारमा कम्युनिष्ट जस्ता छैनन् : अष्टलक्ष्मी शाक्य

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

1.2K 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली आचरण र व्यवहार कम्युनिष्ट जस्तो नभएको टिप्पणी गरेकी छिन् । उनले बैठक नै बस्न नमान्ने शैली गम्भिर खालको भएको टिप्पणी गरिन् ।

‘एक नम्बरको अध्यक्ष हुँ भनेपछि समस्याहरुको समाधान निकाल्ने जिम्मेवारी पनि पहिलो हुन्छ’, शाक्यले भनिन्, ‘तर, ओली जि त बैठक नै बस्न नमान्ने, बैठक भइहाले पनि उपस्थित नहुने, उहाँको आचरण र व्यवहार कम्युनिष्टको जस्तो छैन ।’

शुक्रबार नेकपा निकटका युवा विद्यार्थीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैठकमा नै नआउने भए किन लिखित प्रत्युत्तर दिएको भनि प्रश्न पनि उठाईन् । ‘प्रधानमन्त्री ओलीले बैठक पेस भएको प्रस्तावमाथि छलफल नै गनुहुन्न, म बैठकमा भाग नै लिन्न भन्ने हो भने लिखित प्रत्युत्तर किन बुझाएको ?’, शाक्यको प्रश्न छ ।

शाक्यले एमाले नामको पार्टी दर्ता गर्ने काम गरेर ओलीले एकता विरोधी काम गरेको बताइन् । उनका अनुसार नेकपाभित्र देखिएको समस्याको मुख्य जड नै ओलीको शैली हो ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १७:४९ मा प्रकाशित

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...