back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर १८ बिहीवार

675 

shares

१८ मंसिर, काठमाडौं । नेपालमा विहिबार (१८ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख ६३ हजार ९१९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९ हजार २८९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १५ हजार ७६६ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५ हजार ४९५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १० हजार २७१ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३८८ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २९, प्रदेश २ मा ६, बागमती प्रदेशमा १७६, गण्डकी प्रदेशमा ८४, लुम्बिनी प्रदेशमा ७५, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ९ जना गरी जम्मा ३८८ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ९ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ गरी जम्मा ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर र कास्की गरी ६ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ५७६ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेको छ ।

त्यस्तै आज थपिएका १३४३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । साथै आज २१११ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ ।

आज १३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।

आज देशैभरी थपिए १३४३ जना कोरोना संक्रमित, २१११ जना निको भए
नेपालमा आज काठमाडौं उपत्यकाका ५१३ जनासहित देशैभरी १३४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४३५, ललितपुरमा ८० र भक्तपुरमा २६ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ मा २८२, प्रदेश २ मा ५१, बागमती प्रदेशमा ६५१, गण्डकी प्रदेशमा १४७, लुम्बिनी प्रदेशमा १५४, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा ४४ जना संक्रमित थपिएका छन् ।

आज थपिएका १३४३ जनासँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

त्यसैगरी आज देशैभरीबाट २१११ जना कोरोना संक्रमित निको भएका छन् । आज थपिएका २१११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ । निको हुनेको यो दर ९२. ७ हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० हजार २७१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १८२८, प्रदेश २ मा २३४, बागमती प्रदेशमा ६३४७, गण्डकी प्रदेशमा ४७४, लुम्बिनी प्रदेशमा ६०९, कर्णाली प्रदेशमा ९१ र सुदूरपश्चिम प्रदेशमा ६८८ जना गरी १० हजार २७१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ५ हजार ४९५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ पुग्यो
आज १३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १३ जनाको मृत्यु भएको हो । आज थपिएका १३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर १८ बिहीवार १७:२५ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...