back
CTIZAN AD

आगमन भिसाखुल्ला गर्दै पूर्ण रुपमा व्यवसाय संचालन गर्न पाउनु पर्छ: उपाध्यक्ष डंगोल

वि.सं.२०७७ मंसिर १८ बिहीवार

813 

shares

१८ मंसिर, काठमाडौं। ठमेल पर्यटन बिकास परिषदका उपाध्यक्ष राजुमान डंगोलले अब ढिलानगरि पर्यटकहरुको लागि आगमन भिसा खुल्ला गर्नुपर्ने र सबै व्यवसायहरु पूर्ण समय संचालन गर्न दिनुपर्नेमा जोडदिएका छन् ।

उनले कोभिड १९ का कारण चैत देखि लामो समय व्यवसाय संचालन नहुदा ठमेल र सोङगो देशका व्यवसायीक क्षेत्रहरु मारमा परेका बताए । अब चाडै पर्यटन क्षेत्र पूर्ण रुपमा संचालनमा ल्याउन पर्नेमा उनको जोड थियो । उनी भन्छन्,“ हामिले पर्यटन मन्त्रालयमा पर्यटकहरुका लागि आगमन भिषा खुलाउन पर्ने र सम्पूर्ण व्यवसायहरु सुरक्षा मापदण्ड अपनाइ खुल्न दिनुपर्ने माग सहित ज्ञापनपत्र बुझाएका छौँ, हालसम्म हाम्रो कुराको सुनुवाइ भएको छैन।” हाल बजार खुले पनि व्यापार भने पहिलाकै तुलनामा फर्कि सकेको छैन् । बजार खुलेपनि व्यापार सुन्य जस्तै बनेर सबैभन्दा बढी प्रभाबित ठमेल बनिरहेको छ ।

ठमेलमा अझैपनि घेरै व्यवसायीहरुले सटर खोल्न सक्ने अवस्था बनेको छैन् । कतिपय व्यवसायीहरुले आफ्ना सामान उठाई व्यवसायनै छाडि सकेका छन् । कतिपय व्यवसायीले भने सटर भाडा तिर्न नसक्दा व्यवसाय संचालन गर्न आउने अवस्था बनेको छैन । खुलेका व्यवसायहरुमा पनि व्यापार सुन्यजस्तै छ । हाल व्यवसाय संचालन गरिरहेकाहरु पनि यहि अवस्थामा कहिलेसम्म टिक्न सकिन्छ भन्नेमा अन्योल को अवस्था छ ।

धेरै व्यवसायीहरु अबको केहि समय पनि व्यवसाय संचालनमा नआए बिस्थापित हुने अवस्थामा रहेका छन् । त्यसैले चाडै सरकारले व्यवसायीहरुको समस्यालाई ध्यानमा राखि व्यवसाय पूर्णरुपमा संचालनमा ल्याउन दिनुपर्र्नेे उनले बताए ।

परिषदले व्यवसायीहरुलाई यो जटिल परिस्थितिमा सहयोग पु¥याउन बिभिन्न सरोकारवालाहरुसँग कुरा गरिरहेको उनले बताए । उनी भन्छन्,“हामिले व्यवसायीहरुमा रहदै आएको आर्थिक भार घटाउन नेपाल विद्युत प्राधिकरण, घरधनिहरु सङग भाडा छुटको विषय, बैंकमा व्यवसायीहरुले लिएको कर्जाको व्याज मिनाह लगाएतका बिषयमा निरन्तर परामर्श गरिरहेका छौँ ।”

उनले पुनःदोहो¥याउदै भने,“सरकारले विदेशि पर्यटकका लागि आगमन भिसा खुलाउन प¥यो, सबै व्यवसायहरु पूर्ण रुपमा संचालन गर्न अनुमति दिनु प¥यो ।” यी दुईकाम सरकारले तत्कालै गरे व्यवसायीहरुको अन्य समस्या समाधानका लागि परिषदले काम गर्ने र गरिरहेको उनले बताए ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १७:१८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...