back
CTIZAN AD

मुख्यमन्त्री राईद्धारा चियाको अध्ययन तथा परीक्षण केन्द्र शिलान्यास

वि.सं.२०७७ मंसिर १८ बिहीवार

660 

shares

१८ मंसिर, पशुपतिनगर । नेपाली चियाको उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा चिया अध्ययन तथा परीक्षण केन्द्र निर्माण शुरु भएको छ ।

सूर्योदय नगरपालिका इलामको २० प्रतिशत र प्रदेश नम्बर १ सरकारको ८० प्रतिशत लगानीमा सो केन्द्र निर्माण शुरु भएको हो । रु २३ करोड लगानीमा निर्माण शुरु भएको केन्द्रको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्दै देशभर उत्पादन हुने चिया गुणस्तर जाँच गरी विश्व बजारमा पु¥याइने भएकाले केन्द्रले नेपाली चियाको प्रवद्र्धनमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरे् ।

कार्यक्रममा प्रदेश नं १ सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले केन्द्रमा प्रदेश सरकारको लगानी भए पनि देशभरको चियाको गुणस्तर जाँच हुने बताए । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णु भट्टराईले केन्द्रबाट चियाको अन्तरराष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने बताए ।

प्रदेशसभा सदस्य काजीमान कागतेले चियाको राजधानी घोषित सूर्योदय नगरपालिकामा निर्माण हुने केन्द्रले इलामको मात्रै नभएर देशभरका चियाखेती गर्ने किसान, उद्योगी र व्यवसायीको मनोबल बढ्ने बताए ।

कन्याम चिया बगानसँगै रहेको ११ रोपनी क्षेत्रफलमा केन्द्र निर्माण हुनेछ । सूर्योदय –७ मा १८ महिनामा केन्द्र निर्माण सम्पन्न भइसक्ने नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए । रासस

वि.सं.२०७७ मंसिर १८ बिहीवार १६:५४ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...