back
CTIZAN AD

शेयर बजारभित्रका केही तथ्यहरु

वि.सं.२०७७ मंसिर २० शनिवार

576 

shares

कोरोना भाइरसले अर्थतन्त्र खुम्चिएपनि शेयर बजारमा भने उछाल आएको छ । केही शेयर कारोबारको प्रक्रियाबारे  बुझेर शेयर बजारमा लागेको भएपनि धेरै हल्लाकै पछि लाग्ने र यसको कारोबार बढेसँगै हौसने मात्र गरेको पाइन्छ । शेयर बजार विश्लेषक रोहन शर्मा बिभिन्न बजारिया हल्ला र बिना कुनै आधार बजारको बारे आउने सतही धारणाहरुको पछी लाग्नु भन्दा केहि तथ्यहरुको बिष्लेषण गर्नुपर्ने बताउँछन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन् :
बि.सं. २०७१ (१८८१ को बुल रनको समय )
दैनिक औषत कारोबार : २४ करोड
कारोबार प्रकृया: सन् २०१४, अप्रिल १६ मा डिम्याटको पहिलो सुरुवात भएता पनि ९९ % भन्दा बढी कारोबार भौतिक रुपमा हुने गरेको। त्यसको ६ महिना पछी मात्र पहिलो चरणमा बैंकिङ सेक्टर मार्फत् डिम्याट अनिवार्य गरिएको। त्यसपछी क्रमिक रुपमा अन्य सेक्टरलाई पनि समावेश गर्दै लागिएको।
अनलाईन कारोबार प्रणालि : थिएन, ब्रोकरलाई नै अर्डर दिएर खरिद बिक्री गर्नु पर्ने बाध्यता, जसको कारण धेरै हद सम्म बजार ब्रोकरको नियन्त्रणमा रहेको।
भुक्तानी सुबिधा: खरिद र बिक्रीको चेकको कारोबार भौतिक रुपमा हुने गरेको।
नेटिङ सुबिधा: लगानिकर्ताले आफुले बिक्री गरेको रकम प्राप्त गरिसकेपछी मात्र खरिद गर्न पाउने ।
बैंक ब्याजदर:सेयर कर्जामा सेवा शुल्क : ०.७५%, ब्याजदर ८.५% , बचत तर्फ ४.५% ( एनाईसी एसिया बैंक मार्फत् आफुले उपभोग गरेको सुबिधाको आधारमा)

अहिलेको अवस्थामा :
दैनिक औषत कारोबार : पाँच अर्ब भन्दा बढी।
कारोबार प्रकृया: पुर्ण रुपमा अभौतिक।
कारोबार प्रणालि: अनलाईनबाट आफैले गर्न सकिने, ब्रोकरको भर पर्नु नपर्ने हुँदा ब्रोकरको नियन्त्रणबाट बजार धेरै पर पुगिसकेको अवस्था।
भुक्तानी सुबिधा: खरिद र बिक्रीको भुक्तानी अनलाईन माध्यमबाट।
नेटिङ सुबिधा:  हाल बिक्री गरेकै दिन सोही रकम बराबरको खरिद गर्न सकिने।
बैंक ब्याजदर : सेयर कर्जामा सेवा शुल्क ०.५०%, ब्याजदर ७.७५% , बचत तर्फ १.५% ( एनाईसी एसिया बैंक मार्फत् आफुले उपभोग गरेको सुबिधाको आधारमा)
यसका अलावा खरिद गरेको सेयर महिनौंसम्म आफ्नो हातमा आउन कुर्नुपर्ने, आईपिओ, बोनस र नगद लाभांशको लागी घण्टौं लाईन बस्नु पर्ने अवस्थाको पुर्ण रुपमा अन्त्य भईसकेको छ। काठमाण्डौं मै मात्र सिमित सेयर कारोबार देशभरबाट गर्न सकिने अवस्था हुनुका साथै बिदेशबाट समेत नियमित कारोबार गर्नेको सँख्या दिनप्रती दिन बढ्दो रहेको।
अन्त्यमा,
नियामक निकाय लगायत बजार संवद्द निकायहरु अहिले पनि बिरालो बाँधेर श्राद्द गरेझैं पुरानै रोगबाट ग्रसित छन्। केहि गरौं भन्ने ईच्छा शक्ती नै देखिंदैन। सेयर बजारलाई ढुंगे युगबाट अहिलेको स्वर्ण युगमा ल्याउन भूमिका खेल्नु हुने सिडिएसका संस्थापक सिईओ सुबोध शर्मा सिग्देल, त्यसपछीका सिईओ देव प्रकाश गुप्ता र कसैको प्रभावमा नपरी कुरा कम काम धेरै गर्ने, प्रस्ट अनि खरो ब्याक्तित्व, सेयर बजारका भिष्म पितामह डा। रेवत बहादुर कार्की लाई लगानिकर्ताले कदापी भुल्नु हुँदैन। नियामकको नयाँ ब्यवस्थापनले पनि वहाँहरुको कार्यलाई नजिर मान्दै सुनौलो ईतिहास रच्ने सुवर्ण मौका गुमाउनु हुँदैन।
जय सेयर बजार, जय लगानिकर्ता

वि.सं.२०७७ मंसिर २० शनिवार १७:५२ मा प्रकाशित

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु...