
२० मंसिर, काठमाडौं । नेपालमा शनिबार (२० मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख ७९ हजार २४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६ हजार ७४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १४ हजार २५५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४ हजार ९९२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ९ हजार २६३ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३१२ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३०, प्रदेश २ मा १०, बागमती प्रदेशमा ११२, गण्डकी प्रदेशमा ८०, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३१२ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिममा २ जना गरी जम्मा ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, काठमाडौं, भक्तपुर र कास्की गरी ६ वटा रहेका छन् भने क्वारेन्टिनमा ५३६ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला डोल्पा र मनाङ रहेको छ ।
त्यस्तै आज थपिएका १०२४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । साथै आज २२०६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
आज १० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ ।
आज देशैभरी १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना संक्रमणबाट मुक्त
नेपालमा आज काठमाडौं उपत्यकाका ४६० सहित देशैभरी १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ६ हजार ७४ वटा नमुना परीक्षण गरिएकोमा १ हजार २४ जना सक्रमित थपिएका हुन् ।
संक्रमित १०२४ मध्ये ४०२ जना महिला र ६२२ जना पुरुष रहेका छन् ।
आज थपिएका १०२४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
त्यसैगरी आज देशैभरका संस्थागत आइसोलेशन तथा होम आइसोलेसनमा रहेका २२०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
आज निको भएका २२०६ जनाससँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको यो दर ९३.४ प्रतिशत हो ।
कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९ हजार २६३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १६०२ प्रदेश २ मा २१४, बागमती प्रदेशमा ५,२६४, गण्डकी प्रदेशमा २६५, लुम्बिनी प्रदेशमा १३१५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ५२६ जना गरी ९ हजार २६३ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ४ हजार ९९२ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट आज १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो
२० मंसिर, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न जिल्लामा १० जनाको मृत्यु भएको हो ।
आज थपिएका १० जनासँगै नेपालमा कोरोना ससंक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा १९ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण