back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर २० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २० शनिवार

693 

shares

२० मंसिर, काठमाडौं । नेपालमा शनिबार (२० मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख ७९ हजार २४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६ हजार ७४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १४ हजार २५५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४ हजार ९९२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ९ हजार २६३ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३१२ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३०, प्रदेश २ मा १०, बागमती प्रदेशमा ११२, गण्डकी प्रदेशमा ८०, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३१२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिममा २ जना गरी जम्मा ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, काठमाडौं, भक्तपुर र कास्की गरी ६ वटा रहेका छन् भने क्वारेन्टिनमा ५३६ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला डोल्पा र मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका १०२४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । साथै आज २२०६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

आज १० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ ।

आज देशैभरी १०२४ जनामा कोरोना संक्रमण, २२०६ जना संक्रमणबाट मुक्त
नेपालमा आज काठमाडौं उपत्यकाका ४६० सहित देशैभरी १०२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ६ हजार ७४ वटा नमुना परीक्षण गरिएकोमा १ हजार २४ जना सक्रमित थपिएका हुन् ।
संक्रमित १०२४ मध्ये ४०२ जना महिला र ६२२ जना पुरुष रहेका छन् ।

आज थपिएका १०२४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

त्यसैगरी आज देशैभरका संस्थागत आइसोलेशन तथा होम आइसोलेसनमा रहेका २२०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज निको भएका २२०६ जनाससँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको यो दर ९३.४ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ९ हजार २६३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १६०२ प्रदेश २ मा २१४, बागमती प्रदेशमा ५,२६४, गण्डकी प्रदेशमा २६५, लुम्बिनी प्रदेशमा १३१५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ५२६ जना गरी ९ हजार २६३ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ४ हजार ९९२ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो
२० मंसिर, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न जिल्लामा १० जनाको मृत्यु भएको हो ।

आज थपिएका १० जनासँगै नेपालमा कोरोना ससंक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा १९ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २० शनिवार १७:३१ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...