
२० मंसिर, काठमाडौँ । राजतन्त्रको माग गर्दै सडकमा प्रदर्शन गर्नेहरुलाई संकेत गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कडा प्रश्न गरेका छन्।
राजतन्त्रले २४० वर्षसम्म शासन गर्दा देशमा फोहर बढाएको र त्यसलाई मिलेर बढार्नुपर्ने बताउँदै उनले ट्विटरमा ‘सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ? भन्ने प्रश्न गरेका छन् ।
राजतन्त्रले २४० वर्षे शासनकालमा निरंकुशता, गरीबी, बरोजगारी, भ्रष्टाचार, जातीय÷क्षेत्रीय÷लैंगिक विभेद, पराधीनताको फोहोर बढाएको तर्क गरेका छन् ।
उनले लेखेका छन् :
ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न: २४०बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता,गरीबी,वेरोजगारी,भ्रष्टाचार,जातीय/क्षेत्रीय/लैंगिक विभेद,पराधीनताको फोहर १२बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने?
— Baburam Bhattarai (@brb1954) December 5, 2020