back
CTIZAN AD

ओली र प्रचण्डका प्रतिवेदनमाथि अब स्थायी समितिमा छलफल हुने

वि.सं.२०७७ मंसिर २० शनिवार

651 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै अध्यक्षले राखेको प्रतिवेदन अब स्थायी समिति बैठकमा छलफल हुने भएको छ । शनिबार सम्पन्न नेकपाको सचिवालय बैठकले दुवै प्रतिवेदनमाथि स्थायी समितिको बैठकमा छलफल गरि निष्कर्ष निकाल्ने निर्णय गरेको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएअनुसार आइतबार १ बजेदेखि बस्ने स्थायी समितिको बैठकमा दुवै प्रतिवेदन छलफलको लागि प्रस्ताव हुनेछन् ।

‘पार्टीको केन्द्रिय सचिवालयको बैठकले पूर्वनिर्धारित भोली १ बजे स्थायी कमिटीको बैठकलाई पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा नै हुने कुरालाई निश्चित गर्दै उक्त बैठकमा नै अब पार्टीको संकट र त्यसको निवारणसम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाईने निष्कर्ष निकालेको छ’, बैठक पछि पत्रकारसँगको कुराकानीमा श्रेष्ठले भने, ‘पार्टीको संकट निवारणका निम्ति पार्टीमा अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु स्थायी कमिटीमा पेश गरेर छलफल हुनेछन् ।’

गत कात्तिक २८ मा बसेकाे सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीमाथि विभिन्न आरोप लगाउँदै आफ्नो १९ पृष्ठ लामो प्रस्ताव छलफलको लागि अघि सारेका थिए । जसको प्रतिउत्तर स्वरुप मंसिर १३ मा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रस्ताव अघि सारेका थिए । ओलीले अघि सारेको प्रस्तावमा प्रचण्डमाथि निकै गम्भिर प्रकृतिका राजनीतिक तथा व्यक्तिगत आरोपहरु लगाइएको छ ।

दुवै प्रस्तावमाथि सचिवालयमा छलफल भईरहेको थियो । तर, सचिवालयले निष्कर्ष निकाल्न नसकेसँगै स्थायी समितिमा लगिने निर्णय भएको हो ।

सम्बन्धित समाचार

नेकपा सचिवालय बैठक सुरु, बैठकमा ओली पनि उपस्थित

वि.सं.२०७७ मंसिर २० शनिवार १७:०२ मा प्रकाशित

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...