Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज कुन-कुन राशिकालाई छ त फाइदा ?



मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ । नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । मध्याह्नदेखि अस्वस्थता र काममा विलम्ब हुन सक्छ । हडबडीले पनि समस्या निम्त्याउनेछ । अरूको दबाबमा काम गर्नुपर्दा नतिजा कमजोर बन्ने सम्भावना छ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर मध्याह्नदेखि उपलब्धिका लागि काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आफन्तहरू टाढिने डरले सताउनेछ । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । भूमि तथा मातृधनबाट भने लाभ मिल्नेछ ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह
परिबन्धले काममा बाधा पुर्याउला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ । रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ । प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ । व्यवसायमा मनग्य धन लाभ हुनेछ । समयमा साथीभाइको सहयोग जुटाउने प्रयत्न गर्नुहोला ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । मध्याह्नदेखि बोली–व्यवहारमा सावधान रहनुपर्ला। भैपरी आउने खर्चले आर्थिक अभाव गराउन सक्छ । वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा पनि हुनेछ ।

सिंह- मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला । छर–छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । मध्याह्नदेखि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। पारिवारिक भेटघाट हुनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ भने गरेका कामबाट मनग्गे लाभ मिल्नेछ । ऋणमोचन हुने सम्भावना छ । मध्याह्नपछि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ । समयमा आलस्य गर्दा पछि धोका पाइनेछ । अर्थ संग्रहमा बाधा पुग्नेछ । तापनि, लगनशील बन्दा नियमित काम सम्पादन गर्न सकिनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ । बेसुरमा काम गर्दा समस्या पर्नेछ । दिउँसोदेखि सामाजिक दायित्व बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । साझेदारीको लाभांश प्राप्त हुनेछ। आयस्रोत बढ्नेछन् । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । मनग्गे अर्थ सञ्चय गर्ने समय छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। केही काम दोहोर्याउनुपर्ला । मध्याह्नदेखि धेरैले साथ दिनेछन् भने जिम्मेवारी हात पार्ने मौका छ । अरूलाई प्रभावित पारेर लाभ उठाउने समय छ । प्रतिष्ठित कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । विशिष्ट व्यक्तिसँग मित्रता पनि बढ्न सक्छ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूका लागि समय खर्चनुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । पहिलेको कामलाई भने निरन्तरता दिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । मध्याह्नदेखि आफ्नै बेहोसीले नोक्सान पुर्याउला । अस्वस्थताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ । प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनेछ भने समयमा चिताएको काम सम्पादन गर्न नसकिएला । श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
केही विवाद भए पनि हिम्मतले काम लिँदा लाभ हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुने समय छ। बलजफ्ती गरेर पनि चिताएको काम बनाउन सकिनेछ । नियमित काम सम्पादन हुनेछ । मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान समेत पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मध्याह्नपछि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा फाइदा हुनेछ । आफ्नो क्षेत्रमा अधिकार जमाउन पनि सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन् ।

२०७७ मंसिर २१ गते, आइतवार, (६ डिसेम्बर २०२०)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (शनिबार) को राशिफल भन्छ-आज यी आठ राशीकाले विशेष सावधानी अपनाउनु पर्नेछ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार