
२१ मंसिर, काठमाडौँ । सूचना तथा प्रसारण विभागले यसअघि लागू गरेको ‘सेवा प्रवाहमा कोटा प्रणाली’ आज देखि हटाएको छ ।
कोरोना महामारीको उच्च जोखिमलाई मध्येनजर गर्दै यसअघि लागू गरेको सेवा प्रवाहमा कोटा प्रणाली आजदेखि हटाइएको विभागद्वारा जारी सूचनामा जनाइएको छ ।
यसअघि कोटा प्रणालीमा नाम टिपाइसकेका सेवाग्राहीले भने जुनसुकैदिन पनि कार्र्यालयमा उपस्थित भई सेवा लिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।