
२१ मंसिर, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले चुनावी खर्च कम गर्न पूर्ण समानुपातिक संसदको माग गरेका छन् ।
कहाली लाग्दो रुपमा भ्रष्टाचार बढेको र भ्रष्टाचारको मुल कारण निर्वाचन प्रणाली भएको भन्दै आएका डा भट्टराईले टिव्टरमा लेख्दै यस्तो माग गरेका हुन् ।
उनले भनेका छन् :
‘ऐले दुई तिहाई सरकारको संकट, भ्रष्टाचारको नयॉ रेकर्ड, जनताको असन्तुष्टी, प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज हो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली(जसले सक्षम र स्थीर नेतृत्व दिनेछ) ंपूर्ण समानुपातिक संसद(जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौति गर्नेछ) ! सबैले आँट गरौं !’
ऐले२/३सरकारको संकट,भ्रष्टाचारको नयाॅ रेकर्ड,जनताको असन्तुष्टी,प्रतिगामीहरूको ताउरमाउरको एउटै दिगो इलाज हो:प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली(जसले सक्षम/स्थीर नेतृत्व दिनेछ)+पूर्ण समानुपातिक संसद(जसले सबै समुदायको प्रतिनिधित्व,चुनावी खर्चकटौति गर्नेछ)!सबैले आॅट गरौं!
— Baburam Bhattarai (@brb1954) December 5, 2020