Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज (शनिबार) को राशिफल भन्छ-आज यी आठ राशीकाले विशेष सावधानी अपनाउनु पर्नेछ



मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । पुरानो सम्झौता भंग हुन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । लेनदेनमा अलि होसियार रहनुहोला । दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । खर्च हुने डरले सताउन सक्छ । सामान्य आम्दानी भए पनि काम पूर्ण सम्पादन नहुन सक्छ । आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि सम्पादित कामबाट केही धन लाभ हुनेछ । मिहिनेतले आम्दानी बढ्नेछ । तर, विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । भेटघाटमा अलमलिनाले काममा बाधा हुनेछ । अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । तापनि मिहिनेत गर्दा पछिका लागि काम गर्न सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सानातिना समस्यामै अल्झनुपर्नेछ । अरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला । नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ । बेसुरमा काम गर्दा समस्या पर्नेछ । तापनि, लगनशीलताले काम सम्पादन हुनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । भविष्यका लागि भने कामको जग बसाउने मौका छ ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ । धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ तर शरीर कमजोर बन्नेछ । अर्थका हिसाबले पनि दिन कमजोर रहला । तत्काल चुनौती देखिए पनि अवसर खोज्ने समय छ । धेरै लाभ नभए पनि काम गर्न सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा अलि सजग रहनुहोला । मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ ।

मकर भो- ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमजोरी सुधार गर्ने मौका छ । घरमा सुख र समृद्धिको आगमन हुनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । केही चुनौतीहरू देखिनेछन् । काममा सोचेको फाइदा उठाउन नसकिएला । प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान् । चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन् । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।

२०७७ मंसिर २० गते, शनिवार, (५ डिसेम्बर २०२०) 
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज कुन-कुन राशिकालाई छ त शुभ ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन