back
CTIZAN AD

मालपोत र नापीमा सेवाग्राहीको जनगुनासो

वि.सं.२०७७ मंसिर २१ आइतवार

831 

shares

२१ मङ्सिर, सोलुखुम्बु । जिल्ला मालपोत र नापी कार्यालयले जनउत्तरदायी सेवा प्रवाह गर्न नसकेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवाग्राहीले सेवाप्रवाहको शैली असहज तथा अत्याधिक ढिलासुस्ती रहेको गुनासो गरेका छन् ।

कार्यालयमा सबैभन्दा बढी नामसारी सम्बन्धी समस्या रहेको लेखापढी व्यवसायीको भनाइ छ । गत असोज २१ गते कर्यालयमा नामसारीका लागि निवेदन दिएको र कागजात पूरा भए पनि अझैसम्म काम नभएको सेवाग्राही दावा तामाङले गुनासो गरे ।

महिनौ भए पनि सेवा नपाउँदा दुःख लागेको उनकोे भनाइ छ । प्रविधिको युगमा पनि नागरिकले सास्ती खेप्नु दुःखद भएको उनको भनाइ छ ।

नामसारीका लागि कर्मचारी नभएकै कारण समस्या भएको बताइएको छ । मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद कोइरालाले नामसारी बाहेकका काममा हस्ताक्षर नगर्ने हुँदा अन्य कर्मचारीलाई कामको बोझ थपिएको लेखापढी व्यवसायीको भनाइ छ ।

विगतको दिनमा एक दिनमा सकिने कामसमेत अहिले तीन दिनसम्म लाग्ने गरेको छिण्डि ल्हमु शेर्पाले बताइन् ।

यस्तै एक हप्ता अगाडि श्रीमान्को नामबाट जग्गा नामसारीको लागि कार्यालयमा निवेदन दिएको भए पनि अहिलेसम्म काम नभएको सेवाग्राही शारदा कटुवालले गुनासो गरिन् । हाल मालपोत अधिकृत खुम्बु क्षेत्र गएपछि नामसारी सम्बन्धी काम ठप्प बनेको छ ।

कार्यालयमा सेवा प्रवाह गर्ने ठाउँदेखि नागरिक बडापत्रमासमेत ध्यान नदिँदा समस्या भएको लेखापढी व्यवसायी कुञ्जाङ शेर्पाले बताए । कोरोनाको कारण देखाउँदै सेवाग्राहीलाई कार्यालयभित्र प्रवेश निशेध गरेपछि असहजिलो ढङ्गले सेवा लिनुपर्ने बाध्यता रहेको सेवाग्राही छिण्डिल्हमु शेर्पाले बताइन् ।

सेवाग्राहीको अत्याधिक गुनासोपछि नेपाल लेखापढी कानून व्यवसायी जिल्ला समिति सोलुखुम्बुले शुक्रबार अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको भए पनि कर्मचारीको उपस्थिति नभएको समितिका अध्यक्ष आङजाङबु शेर्पाले बताए । अध्यक्ष शेर्पाले मालपोत र नापी कार्यालयका कर्मचारीको व्यवहारले गर्दा सेवा ग्राहीले सास्ती खेप्नुपरेको बताए । रासस

वि.सं.२०७७ मंसिर २१ आइतवार १०:२१ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

भन्सार छलेका रु ४१ लाख बढीका सामान बरामद

लुम्बिनी । रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मङ्गलबार...

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

घोराही (दाङ) । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको...

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ

श्रीमञ्ज्याङ (दोर्दी) । लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति,...

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा

घोराही (दाङ) । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट नेपाल कम्युनिष्ट पार्टी...