काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा विवादलाई बल्झाउने गरि एक फेसबुक स्टाटस पोष्ट गरेका छन् । उनले पार्टीका उपाध्यक्ष बामदेव गौतमको विवादित तस्बिर राख्दै को कस्तो ? तस्बिरबाटै बुझिने बताएका छन् ।
नेकपाभित्र विवाद बल्झिरहेको बेला उनले गौतमलगायतका नेताहरुलाई इंकित गर्दै स्टाटस सेयर गरेका हुन् । उनको स्टाटसले अहिले सामाजिक सञ्जालमा निकै चर्चा लिएको छ ।
काे कस्ताे ? तस्बिर काफी छ !
Posted by Surya Thapa on Saturday, December 5, 2020
पछिल्लो समय सत्तारुढ नेकपाभित्र चरम विवाद छ । विवादकै बीच पार्टीका बहुमत सचिवालय सदस्यले स्थायी समितिको बैठक बोलाएका छन् । स्थायी समितिको बैठक आइतबार दिउसो १ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ ।
तर, बैठकप्रति प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली असहमत छन् । उनको असहमतीका बीच बोलाएको बैठकलाई इंकित गर्दै थापाले सामाजिक सञ्जालमार्फत यस्तो पोष्ट गरेका हुन् ।
कतिपयले थापाको पोष्ट निकै अमर्यादित भएको पनि टिप्पणी गरेका छन् ।
वि.सं.२०७७ मंसिर २१ आइतवार १०:०८ मा प्रकाशित




























