back
CTIZAN AD

गाडीको ठक्करबाट खड्काको मृत्यु, चालक फरार

वि.सं.२०७७ मंसिर २१ आइतवार

651 

shares

२१ मंसिर, उदयपुर । गाईघाट– उदयपुर जिल्लाको बेलका नगरपालिका–८ सेतीखोलास्थित मदन भण्डारी लोकमार्ग खण्डमा शनिबार साँझ एक परिचय नखुलेको गाडीले ठक्कर दिँदा स्थानीय ३८ वर्षीय हरि खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ घरबाट बाहिर सडक पार गरेर अर्को टोल जाने क्रममा रामपुर ठोक्सीलाबाट पूर्वतर्फ गइरहेको परिचय नखुलेको चारचक्के गाडीले खड्कालाई ठक्कर दिँदा खड्काको घटनास्थलमै मृत्यु भएको हो । तीव्रगतिमा आइरहेको गाडीले खड्कालाई ठक्कर दिएर गाडी र चालक फरार रहेका कारण गाडी र चालकको खोजी शुरु भइरहेको उदयपुरको प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १०:०८ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...