back
CTIZAN AD

सुष्मा राई भन्छिन् – सुर्य थापाको पार्टी सदस्यता खोस्नुपर्दछ

वि.सं.२०७७ मंसिर २१ आइतवार

774 

shares

२१ मंसिर, काठमाडौँ । शहीद रामप्रसाद राई प्रतिष्ठानकी अध्यक्ष  शुष्मा राईले प्रधानमन्त्री केपी शर्मा ओलिका प्रेस सल्लाहकार  तथा पार्टी केन्द्रीय सदस्य सुर्य थापाको पार्टी सदस्यता खोस्नु पर्ने बताएकी छन् ।

नेकपा नेतृसमेत रहेकी राईले सल्लाहकार थापाले आफ्नो पदीय हैसियतको समेत हेक्का नराखेर पार्टीका वरिष्ठ नेताहरुबारे सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् ।

थापाले उपाध्यक्ष वामदेव गौतमको फोटो राखी जथाभावि लेखेको प्रति कडा टिप्पणी दिँदै राईले ‘अरुको तलुवा चाटेवापत सार्वजनिक पद धारण गर्न गएका ‘नकचरा’ र ‘भिजिलान्ते’ हरुको पार्टी सदस्यता किन नखोस्ने ? भनेर सुर्य थापाप्रति कटाक्ष गरेकी छन् ।

उनले भनेकी छन् :

अरुको तलुवा चाटेवापत सार्वजनिक पद धारण गर्न गएका ‘नकचरा’ र ‘भिजिलान्ते’ हरुको पार्टी सदस्यता किन नखोस्ने ?
नेकपाबाट निर्वाचित प्रधानमन्त्रीको सल्लाहकार र पार्टीको केन्द्रीय सदस्य हुँ भन्ने पनि हेक्का नराखेर पार्टीका वरिष्ठ नेताहरुबारे फेसबुकमा नानाथरी लेख्न पाइन्छ र ? के आजको लोकतन्त्रका लागि जनताले कसैलाई हिजोका युवराजधिराजजस्तो बनाउन रगत बगाएका हुन ?
अरुको तलुवा चाटेवापत सार्वजनिक पद धारण गर्न गएका ‘नकचरा’ हरुलाई सिंगो जिन्दगी नै कम्युनिष्ट आन्दोलनमा समर्पण गरेको नेतृत्व र पार्टी एकताका सुत्रधार कमरेड वामदेव गौतमबारे टिप्पणी गर्न लाज लाग्दैन ? नेता र उसको योगदानलाई सम्मान गर्न नजान्ने बरु तेजोबोध गर्दैमा आफ्नो राजनीतिक भविश्य देख्ने यस्ता ‘निम्नपूँजीवादी चिन्तन बोकेका बोझ’ हरुलाई पार्टीमा राखिरहन मिल्छ र ? आजको स्थायी कमिटीको बैठकले विशेष निर्णय गरोस् ।

वि.सं.२०७७ मंसिर २१ आइतवार ११:४१ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...