२१ मंसिर, काठमाडौँ । शहीद रामप्रसाद राई प्रतिष्ठानकी अध्यक्ष शुष्मा राईले प्रधानमन्त्री केपी शर्मा ओलिका प्रेस सल्लाहकार तथा पार्टी केन्द्रीय सदस्य सुर्य थापाको पार्टी सदस्यता खोस्नु पर्ने बताएकी छन् ।
नेकपा नेतृसमेत रहेकी राईले सल्लाहकार थापाले आफ्नो पदीय हैसियतको समेत हेक्का नराखेर पार्टीका वरिष्ठ नेताहरुबारे सामाजिक सञ्जालमा गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन् ।
थापाले उपाध्यक्ष वामदेव गौतमको फोटो राखी जथाभावि लेखेको प्रति कडा टिप्पणी दिँदै राईले ‘अरुको तलुवा चाटेवापत सार्वजनिक पद धारण गर्न गएका ‘नकचरा’ र ‘भिजिलान्ते’ हरुको पार्टी सदस्यता किन नखोस्ने ? भनेर सुर्य थापाप्रति कटाक्ष गरेकी छन् ।
उनले भनेकी छन् :
अरुको तलुवा चाटेवापत सार्वजनिक पद धारण गर्न गएका ‘नकचरा’ र ‘भिजिलान्ते’ हरुको पार्टी सदस्यता किन नखोस्ने ?
नेकपाबाट निर्वाचित प्रधानमन्त्रीको सल्लाहकार र पार्टीको केन्द्रीय सदस्य हुँ भन्ने पनि हेक्का नराखेर पार्टीका वरिष्ठ नेताहरुबारे फेसबुकमा नानाथरी लेख्न पाइन्छ र ? के आजको लोकतन्त्रका लागि जनताले कसैलाई हिजोका युवराजधिराजजस्तो बनाउन रगत बगाएका हुन ?
अरुको तलुवा चाटेवापत सार्वजनिक पद धारण गर्न गएका ‘नकचरा’ हरुलाई सिंगो जिन्दगी नै कम्युनिष्ट आन्दोलनमा समर्पण गरेको नेतृत्व र पार्टी एकताका सुत्रधार कमरेड वामदेव गौतमबारे टिप्पणी गर्न लाज लाग्दैन ? नेता र उसको योगदानलाई सम्मान गर्न नजान्ने बरु तेजोबोध गर्दैमा आफ्नो राजनीतिक भविश्य देख्ने यस्ता ‘निम्नपूँजीवादी चिन्तन बोकेका बोझ’ हरुलाई पार्टीमा राखिरहन मिल्छ र ? आजको स्थायी कमिटीको बैठकले विशेष निर्णय गरोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?