back
CTIZAN AD

एनआईसी एशिया बैंकको साधारण सभा आज, लाभांश पारित हुदैं

वि.सं.२०७७ मंसिर २१ आइतवार

816 

shares

२१ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा आज (मंसिर २१ गते) हुँदैछ । बैंकको रजिष्टर्ड कार्यालय, थापाथली , काठमाडौंमा विहान ९ बजे सभा बोलाईएको हो । बैंकले  २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

बैंकको असोज ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव सहित साधारणसभा प्रयोजनको लागि बैंकले मंसिर १० गतेदेखि साधारण सभाको मितिसम्म शेयरधनी दाखिला खारेज (बुकक्लोज) गरेको छ । यसअनुसार मंसिर ९ गतेसम्म बैंकको शेयर खरिद गरी कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्।

हाल यस बैंकको चुक्तापूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा बैंकले २० प्रतिशत लाभांश दिन लागेको हो । गत वर्ष १० प्रतिशत बोनस शेयर कर प्रयोजन समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिएको यस बैंकले यो वर्ष बोनस शेयरमा जोड दिएको छ ।

वि.सं.२०७७ मंसिर २१ आइतवार ११:५० मा प्रकाशित

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...