२१ मंसिर, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ११ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ ।
बैंकको हिजो (शनिबार) सम्पन साधारण सभाले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो। समितिबाट प्रस्तावित ८ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।
वि.सं.२०७७ मंसिर २१ आइतवार ११:२५ मा प्रकाशित





























