२१ मंसिर, काठमाडौं । गएराति इटालियन सिरी ए अन्तर्गत भएको टुरिन डर्बीमा युभेन्ट्सले टोरिनोमाथि जित हात पारेको छ । पहिलो हाफमा १-० ले पछि परेको युभेन्ट्सले दोस्रो हाफमा गोल फर्काउदै पुनरागमन जित हात पारेको हो।
टोरिनोको लागि खेलको नवौं मिनेटमा निकोलस ए कोउलोउले गोल गर्दै अग्रता दिलाएका थिए । युभेन्ट्सले दुबैगोल खेलको दोस्रो हाफमा गर्दै खेलमा पुनरागमन जित निकालेकाे थियाे। युभेन्ट्सको जितमा खेलको ७८औं मनेटमा वेस्टन म्याकेन्नी र ८९औं मिनेटमा बोनुचीले गोल गर्दै जुभेन्ट्सको लागि जित दिलाए ।
युभेन्ट्सको मैदान एलिएन्ज स्टेडियममा भएको खेलमा २-१ को जितका साथ १० खेलबाट ५ जित र ५ बराबरी खेल्दै २० अंकका साथ युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७७ मंसिर २१ आइतवार ११:२१ मा प्रकाशित






























