back
CTIZAN AD

स्थायी समिति बैठकमा जनार्दनको विशेष प्रस्ताव – सरकारले गणतन्त्र विरोधीलाई रक्षा गर्यो (पूर्णंपाठसहित)

वि.सं.२०७७ मंसिर २१ आइतवार

726 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले गणतन्त्रविरोधी शक्तिहरु उत्साहित भएको भन्दै विशेष ध्यानाकर्षण प्रस्ताव पेश गरेका छन् । दुवै अध्यक्षलाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव पेश गरेका हुन् ।

प्रस्तावमा शर्माले सरकारले संघिय लोकतान्त्रि गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्रै राख्ने निर्णय गरेसँगै गणतन्त्र विरोधी उत्साहित भएका छन् । प्रस्तावमा शर्माले गणतन्त्र विरोधीलाई सरकार अनि गृहमन्त्रालयले रक्षा गरेको जनआवाज सुनिएको बताएका छन् ।

शर्माले प्रस्तावमार्फत कोभिड भ्याक्सिन तत्काल ल्याएर जनताको जीवन रक्षा गर्दै आर्थिक गतिविधिहरु सूचारु गर्नुपर्ने बताएका छन् ।

यस्तो छ शर्माले पेश गरेको विशेष प्रस्ताव

क.अध्यक्षद्वय,
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ।

विषय : बिशेष प्रस्तावमा तत्काल छलफल गर्ने बारे ।

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संघिय लोकतान्त्रिक गणतन्त्रको संवाहक र संरक्षक समेत हो भन्ने कुरामा कुनै दुबिधा छैन । यस विचमा सरकारले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको नाम बदलेर नेपाल मात्र राख्ने निर्णय बाट उत्साहित गणतन्त्र विरोधिहरु आज खुलेआम संघिय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध उत्रिएका छन । नेकपाको सरकार र गृह प्रशासन यस्ता कृयाकलापको रक्षा गरिरहेको छ भन्ने जन आवाज सुन्निन थालेको छ । बरु गणतन्त्र लोकतन्त्रका पक्षमा लडेका नेताहरुमा दमन गर्ने र गणतन्त्र विरोधी प्रति नरम व्यवहार गरेको भन्ने जनताको आरोप छ ।

यसबाट नेपाली जनतामा ठुलो असन्तुटि पैदा हुँदै जाने सन्र्दभमा नेकपाको स्थायी कमिटि बैठक संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता सहित दृढ संकल्प गरौ । जनताको आवाज नसुन्दा त्यसले गम्भीर परिणाम निम्त्याउने बारे हाम्रो नेतृत्व स्पष्ट नै छ । तसर्थ संघियताको पक्ष्यधर सबै पार्टीहरुको विचमा छलफल आयोजना गरी जनभावना अनुसार सरकारका कमि कमजोरीहरु सच्चाउँदै जनतामा देखिएको असन्तुटि लाई संबोधन गर्न अव ढिला गर्नु हुँदैन ।

मुख्य गरी कोभिड महामारी बारे तत्काल भ्याक्सिन ल्याइ कोरोणा भाइरस बाट जनताको जीवन रक्षा गर्नका साथै पूर्णरुपले आर्थिक गतिबिधिहरु सुचारु हुने अवस्था श्रृजना गर्नु पर्दछ । अन्य समस्याहरु समेत प्राथमिकता तोकि समाधान गनु पर्दछ । म सिंगो स्थायी समितिको बैठकको ध्यानाकर्षण गर्दै यसबारे छलफल एंव तत्काल निर्णयमा पुग्नका लागि यो विषेश प्रस्ताव प्रस्तुत गर्दछु ।

जनार्दन शर्मा (क.प्रभाकर)

मितिः२०७७/०८/२१

स्थायी कमिटी सदस्य
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)

वि.सं.२०७७ मंसिर २१ आइतवार १६:३५ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...