back
CTIZAN AD

बैठकमा नगएका ओलीले पठाए पत्र, के छ पत्रमा ?

वि.सं.२०७७ मंसिर २१ आइतवार

933 

shares

काठमाडौं । नेकपाको स्थायी समिति बैठकमा उपस्थित नभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिको कारण खुलाउँदै पत्र पठाएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओलीले पठाएको पत्र बाचन गरेपश्चात नै बैठकको सुरुवात गरिएको थियो ।

उनका अनुसार ओली निकट मानिने नेता ईश्वर पोखरेलले पत्र बाचन गरेर सुनाएका थिए । ‘आजको बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली उपस्थित हुनु भएन्, उहाँले आफ्नो अनुस्थितिको कारण खुलाउँदै बैठकलाई सम्बोधन गरेर एउटा पत्र लेख्नु पठाउनु भएको छ’, बैठकपछि पत्रकारसँगको कुराकानीमा उनले भनेका छन्, ‘बैठकको प्रारम्भमै सचिवालयका सदस्य कमरेड ईश्वर पोखरेलले बाचन गरेर स्थायी कमिटीको बैठकलाई जानकारी गराउनु भएको थियो ।’

उनका अनुसार ओलीले पत्रमा प्रचण्डको प्रस्ताव छलफल गर्न नसकिने भन्दै आफुँ उपस्थित नभएको बताएका छन् । ‘कमरेड ओलीले आफ्नो पूर्वमान्यता अर्थात अध्यक्ष कमरेड प्रचण्डको प्रस्तावलाई औपचारिक बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसैकारण आफुँ बैठकमा नआएको उल्लेख गर्नुभएको छ’, पत्रबारे प्रवक्ता श्रेष्ठले भनेका छन् ।

यसअघि शनिबार बसेको सचिवालय बैठकमा पनि ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव छलफल हुन नसक्ने भन्दै फिर्ता हुनुपर्ने अडान दोहोर्याएका थिए । उनले स्थायी समिति बैठकको पनि औचित्य नरहेको बताएका थिए ।

ओलीले बैठक गर्ने विषयमा असहमती जनाए पनि प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले बैठक बोलाएका हुन् । आजको बैठकमा ओलीबाहेकका ४३ स्थायी समिति सदस्य उपस्थित भएका थिए । बैठकमा ओली निकट मानिने सदस्यहरु पनि उपस्थित थिए ।

प्रधानमन्त्री ओली भने बैठक सुरु हुने बेलामा राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । जसपश्चात नै उनले पत्र पठाएर नआउने जानकारी गराएका थिए ।

वि.सं.२०७७ मंसिर २१ आइतवार १६:०८ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...