back
CTIZAN AD

आफुँलाई वामपन्थी हुँ भन्ने सरकार नै निजि विद्यालयको दबाबमा झुक्यो : कांग्रेस नेतृ संग्रौला

वि.सं.२०७७ मंसिर २१ आइतवार

714 

shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौला पन्तले बामपन्थी भन्ने सरकार नै सार्वजनिक शिक्षा सुधारमा चुकेको बताएकी छिन् । उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन लुकाईनु त्यसकै प्रमाण भएको उनको भनाई छ ।

संग्रौलाका अनुसार शिक्षा मन्त्रीकै अध्यक्षतामा गठित आयोगको प्रतिवेदन लुकाइएको घटनाले सरकार निजि विद्यालयहरुको दबाबमा रहेको पुष्टि भएको छ ।

‘आफुलाई वामपन्थी र समाजवादी हुँ भन्ने नेकपा सरकारले २ बर्ष बितिसक्दा पनि शिक्षा मन्त्रीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन गुपचुप राखी अन्ततोगत्वा आयोगकै सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्नुले सार्वजनिक शिक्षा सुधारमा सरकार चुकेको मात्र हैन कि निजि विद्यालय संचालकहरुको दबाबमा दराजमा थन्क्याइएको भन्ने आरोप प्रमाणित भएन र ?’, संग्रौलाको प्रश्न छ ।

उनका अनुसार सार्वजनिक र निजि विद्यालयबीचको बढ्दो खाडललाई अन्त्य गर्न सबै निकाय अग्रसर हुनुपर्दछ ।

यस्तो छ संग्रौलाले राखेको विचार

आफुलाई वामपंथी र समाजवादी हुँ भन्ने नेकपा सरकारले २ बर्ष बितिसक्दा पनि मन्त्रीपरिषद आफैले शिक्षा मन्त्रीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन गुपचुप राखी अन्ततोगत्वा आयोगकै सदस्यहरुले प्रतिवेदन सार्वजनिक गर्नुले सार्वजनिक शिक्षा सुधारमा सरकार चुकेको मात्र हैन कि निजि विद्यालय संचालकहरुको दबाबमा दराजमा थन्क्याइएको भन्ने आरोप प्रमाणित भएन र ?

सार्वजनिक र निजि विद्यालयबाट फरकफरक वर्गका नागरिक उत्पादन भै रहेको सम्बन्धमा सार्वजनिक शिक्षासुधार र निजी विद्यालयको वर्तमान हैसियत स्पस्ट पारी समग्र शैक्षिक अवस्थालाई स्तरोन्नति गर्न र प्रतिवेदन सार्वजनिक गरि कार्यान्वयन गर्न गराउन सरोकारवाला सबैबाट दबाब शृजना गरौँ ।

निजि र सार्वजनिक विद्यालय बिचको बढदें खाडललाई पुर्न संबद्ध सबै निकाय अग्रसर होऔ। आयोग गठन गरि झारा टार्ने तर प्रतिवेदन कार्यान्वयन नगर्ने परिपाटीको अन्त्य कहिले होला सरकार?

वि.सं.२०७७ मंसिर २१ आइतवार १७:३६ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...