२१ मंसिर,काठमाडौं । नेपालमा आइतबार (२१ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख ८४ हजार ५१९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ६ हजार ४९४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १३ हजार ५८२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५ हजार ११२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ४६१ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३१३ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा २६, प्रदेश २ मा ९, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशम १२५, लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३१३ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिममा २ जना गरी जम्मा ५५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, काठमाडौं, ललितपुर र कास्की गरेर ५ वटा रहेका छन् ।
यसैगरी क्वारेन्टिनमा ५३६ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेको छ ।
त्यस्तै आज थपिएका १०९६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । साथै आज १७५२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।
आज १७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५९४ पुगेको छ ।
आज देशैभरी १०९६ जनामा कोरोना संक्रमण, १७५२ जना निको भए
नेपालमा आज काठमाडौं उपत्यकाका ४८४ जनासहित देशैभरी १०९६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ४०८ जना महिला र ६८८ पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १०९६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।
त्यसैगरी आज देशैभरका विभिन्न अस्पताल तथा संस्थागत र होम आइसोलेसनमा रहेका १७५२ जनाले कोरोना जितेका छन् ।
मन्त्रालयका अनुसार आज निको भएका १७५२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । निको हुनेको यो दर ९३.७ प्रतिशत हो ।
कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ हजार ४६१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १३६१, प्रदेश २ मा १८६, बागमती प्रदेशमा ४८३१, गण्डकी प्रदेशमा १६४, लुम्बिनी प्रदेशमा १२७३, कर्णाली प्रदेशमा ७६ र सुदूरपश्चिम प्रदेशमा ५७० जना गरी ८ हजार ४६१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ५ हजार ११२ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो । आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५९४ पुगेको छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर २० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
.
वि.सं.२०७७ मंसिर २१ आइतवार १७:२३ मा प्रकाशित





























