
२१ मंसिर, काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको कुल २३.५० प्रतिशत(कर सहित)ले हुन आउने १९ करोड २२ लाख ६० हजार ८४६.९६ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा १८ प्रतिशतले हुन आउने १४ करोड ७२ लाख ६३ हजार ६२७.४६ रुपैयाँ बराबरको बोनस सेयर र ५.५ प्रतिशतले हुन आउने ४ करोड ४९ लाख ९७ हजार २१९.५० रुपैयाँबराबरको नगद लाभांश दिने भनिएको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।