back
CTIZAN AD

स्थायी समितिलाई ओलीको पत्र : अभियोग–पत्रमाथि हुने छलफलमा सहभागी हुन असमर्थ छु (पत्रसहित)

वि.सं.२०७७ मंसिर २१ आइतवार

822 

shares

काठमाडौं । नेकपाको स्थायी समिति बैठकमा उपस्थित नभएका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अनुपस्थितिको कारण खुलाउँदै पत्र पठाएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओलीले पठाएको पत्र बाचन गरेपश्चात नै बैठकको सुरुवात गरिएको थियो ।

उनका अनुसार ओली निकट मानिने नेता ईश्वर पोखरेलले पत्र बाचन गरेर सुनाएका थिए ।

संसार न्यूजलाई प्राप्त पत्रमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभियोग–पत्रमाथि छलफल गरिने बैठकमा आफुँ सहभागी हुन असमर्थन हुने बताएका छन् । ‘पार्टी विधानको स्पष्ट व्यवस्था, कार्यदलको सुझाबमा आधारित स्थायी समितिको सर्वसम्मत निर्णय र पार्टीमा स्थापित परम्पराका विपरीत गत २०७७ कात्तिक २८ अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावका नाममा मेराविरुद्व अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ’, ओलीले पत्रमार्फत भनेका छन्, ‘आफुँले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो संगीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको व्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु ।’

उनले परामर्श र सहमतिबाट तय हुने कार्यसूचीमा सधैं सहभागी हुन तयार रहेको बताएका छन् । ओलीले पार्टी एकता गर्दाखेरि गरिएका समझदारीअनुसार पार्टीलाई अगाडि बढाउन नखोजेर खेलको नियम नै परिवर्तत गर्न खोजिएको बताएका छन् ।

उनका अनुसार परिवर्तन गर्न खोजिएको खेलको नियममा पार्टी विभाजन गर्ने उद्देश्य छ ।

यस्तो छ ओलीले लेखेको पत्र

वि.सं.२०७७ मंसिर २१ आइतवार १७:०४ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...