back
CTIZAN AD

पर्यटन क्षेत्रलाई चलायमान बनाउन नाट्टाको सन्देश

वि.सं.२०७७ मंसिर २१ आइतवार

693 

shares

२१ मंसिर, पोखरा । कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ निस्किएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाट्टा)गण्डकी प्रदेशकोको टोली चार दिने भ्रमणपछि पोखरा फर्किएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा निस्किएको टोलीले गोर्खा र तनहुँका पर्यटकीय गन्तव्यको अवलोकनसहित स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालासँग अन्तक्र्रिया गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको लागि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेको संस्थाका महासचिव कमला गिरीले जानकारी दिए ।

उनका अनुसार भ्रमणको पहिलो दिन गोर्खाको प्रसिद्ध मनकामना मन्दिर, सिद्ध गुफा, बक्रेश्वरी, शहीद लखन पार्क, अवलोकन गरी शहीद लखन थापा गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गरेको थियो । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले उक्त क्षेत्रका पर्यटकीयस्थलको जानकारी दिँदै कोभिड–१९ का बीच पर्यटन प्रवद्र्धनको अभियानमा जुट्न सकारात्मक भएको बताए । उक्त टोलीले गोर्खामा रहेका गोखरकाली, मन्दिर र आसपासका गन्तव्यको दृश्यवलोकन गरी गोर्खा नगरपालिकाका प्रमुख राजनराज पन्तसँग पोखरा र गोर्खाको पर्यटन प्रवद्र्धनमा कसरी साझेदारी गर्ने भन्ने विषयमा छलफल गरेको थियो ।

गोर्खाको सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टलाई भूकम्पको इपिसेन्टरको विषयमा देखिएको अन्योलका विषयमा व्यवसायीले जिज्ञासा राखेका थिए । एकै क्षेत्रका धार्र्चे गाउँपालिका र सुलिकोट गाउँपालिकाले भूकम्पको इपिसेन्टरको दाबी गर्नुभन्दा सत्यतथ्य बाहिर ल्याएर पर्यटकीय गन्तव्यको विकासका लागि साझा धारणासहित अघि बढ्न नाट्टाले सुझाव दिएको थियो ।

टोलीले गैरआवासीय नेपाली सङ्घले भूकम्पपीडितका लागि धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण गरेको नमूना बस्ती पुगेर आसपासका हिमशङ्खला र पदमार्गको बारेमा जानकारी लिएको थियो । स्थानीय पर्यटन व्यवसायी रामकुमार गुरुङ र राजकुमार गुरुङले त्यस क्षेत्रका प्रमुख गन्तव्यका बारेमा तयार गरिएको वृत्तचित्र देखाएर पर्यटन प्रवद्र्धनमा सँगसँगै हातेमालो गर्न तयार रहेको बताए।

तेस्रो दिन पालुङटार नगरपालिका प्रमखसँग भेटघाट गरी उक्त क्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी लिइएको थियो । नगर प्रमुख ई दीपकबाबु कँडेलले अमेरिकामा भन्दा पहिलो प्रजातन्त्रको अभ्यास भएको जिल्ला भएको उल्लेख गर्दै धार्मिक ऐतिहासिक र सांस्कृतिकसँगै प्राकृतिक रुपमा त्यस क्षेत्रमा भएका पर्यटकीय गन्तव्यको जानकारी दिएका थिए।

नाट्टाको टोलीले लिगलिगकोटको दृश्यावलोकनसहित त्यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा जानकारी लिएको थियो । कार्यक्रमको अन्तिम दिन बन्दिपुरको मौलिक परम्पराको जानकारी लिँदै छाब्दीबाराही मन्दिरको दर्शन र पछिल्लो समय निकै चर्चामा रहेको तनहुँको मानहुँकोटको अवलोकन गरिएको थियो ।

सो लगत्तै ग्रामीण पर्यटनको प्रवद्र्धनसहित शुक्ला गण्डकी नगरपालिका–२ स्थित भुजिकोटमा पुगेर त्यस क्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी लिएको थियो । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रवक्ता खिमबहादुर कुमाल र उक्त वडाका वडाध्यक्ष जगतबहादुर गुरुङले सो क्षेत्रको पर्यटकीय गन्तव्य र धार्मिक महत्वका बारेमा जानकारी गराएका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलाई कोरोनाको त्रासबाट माथि उठेर अब स्वास्थ्य सतर्कतासहित पर्यटन क्षेत्र चलायमान गराउन नाट्टाको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत जयशक्ति सराफले भ्रमणले पहिचान भएका र हुँदै गरेका पर्यटकीय गन्तव्यकोे प्रवद्र्धनमा भूमिका खेलेको जनाउँदै बोर्डले पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सधैँ तयार रहेको धारणा राखे ।

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले स्वास्थ्य सतर्कता अपनाउँदै थालिएको पर्यटन पुनःउत्थान कार्यक्रम निकै उत्साहका साथ सफल भएको बताए । उनले एक जिल्लाले अर्को जिल्लाको भ्रमण गरेर त्यस क्षेत्रका गन्तव्यको बारेमा प्रचारप्रसार गर्न सके सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किने विश्वास व्यक्त गरे् ।

उक्त कार्यक्रमका संयोजक एवं संस्थाका द्धितीय उपाध्यक्ष किशोर दाहालले आन्तरिक पर्यटन पुनःउत्थान गर्ने उद्देश्यसहित छिमेकी जिल्लाको स्थलगत भ्रमण निकै फलदायी रहेको बताए । उनले टोलीमा पोखरा पर्यटन परिषद्का अध्यक्ष, नाट्टाका पूर्व अध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकीका अधिकृत, पत्रकार र संस्थाका सदस्यसहित २४ जनाको सहभागिता रहेको जानकारी दिए ।रासस

वि.सं.२०७७ मंसिर २१ आइतवार १७:०३ मा प्रकाशित

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...