back
CTIZAN AD

नेकपाभित्रको शक्ति समिकरण, ओली बलियो कि प्रचण्ड ?

वि.सं.२०७७ मंसिर २२ सोमवार

750 

shares

काठमाडौं । सत्तारुढ नेकपाभित्र पार्टी गठनदेखि नै शक्ति संघर्ष छ । मुख्यतः दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच त्यस्तो संघर्ष देखिन्छ । जहाँ दुई अध्यक्षसँगसँगै वरिष्ठ नेता माधवकुमार नेपाल पनि देखिएका छन् ।

नेताहरुबीचको शक्ति संघर्ष पछिल्लो समय निकै पेचिलो र आक्रामक पनि बन्दै गएको छ । जसको प्रतिबिम्ब दुवै अध्यक्षले पार्टी सचिवालयमा राखेका प्रस्ताव र आदान–प्रदान गरिएका पत्र हुन् ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले छलफलको लागि भन्दै १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए । जसको प्रतिवाद गर्दै ओलीले कात्तिक १३ मा बसेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावमा एक अर्काप्रति निकै आक्रामक गाली गलौज र आरोप–प्रत्यारोप गरिएको छ ।

दुवैका प्रस्ताव तथा पत्रहरु अहिले नेकपाको स्थायी समिति बैठकमा छलफलका क्रममा छन् । प्रचण्डको प्रस्तावमाथि निकै असन्तुष्ट ओलीले प्रस्तावकै कारण बैठकसमेत बहिस्कार गरेका छन् ।

तर, निकै पेचिलो बनेको भएपनि दुई अध्यक्षबीच राजनीतिक सम्बन्ध भने कायमै छ । दुवै पात्र नेकपाका अध्यक्ष हुन् ।

सँगै प्रश्न उब्जेको छ किन सम्बन्ध कायम छ ? राजनीतिक भाषामा बुझ्ने सजिलो उत्तर हो – दुवै पात्र र उनीहरुका समुह कसले जित्ने र शक्ति हात पार्ने भन्ने ध्याउन्नमा छन् । जुन शक्ति संघर्ष निचोडमा नपुगेको कारण विवादका श्रृखंला छरपस्ट बन्दै गएको हो ।

कस्तो छ नेकपाभित्रको शक्ति समिकरण ?

पार्टीभित्र अहिले देखिएको समिकरणमा ओलीभन्दा प्रचण्ड बलिया छन् । सचिवालय, स्थायी समिति र केन्द्रिय समितिमा उनको बहुमत छ । साथै संसदमा पनि ओलीभन्दा प्रचण्डको पक्षमा सदस्य धेरै छन् ।

सचिवालय : ९ सदस्यीय सचिवालयमा प्रचण्ड र माधव नेपाल मिल्दा बहुमत पुगेको छ । जहाँ निर्णायक अवस्थामा रामबहादुर थापा ‘बादल’ पनि प्रचण्ड तर्फ नै देखिएका छन् । सचिवालयमा ओलीको पक्षमा ओलीसहित ३ सदस्य छन् ।

स्थायी समिति : सचिवालय जस्तै स्थायी समिति पनि प्रचण्डको पक्षमा बहुमत सदस्य छन् । ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड–नेपाल समुहमा प्रष्ट ३० जना छन् भने ओली समहुमा १२ जना छन् । दुई जना रामबहादुर थापा बादल र लेखराज भट्टको विषयमा अन्यौंल छ । तथापि उनीहरुको उपस्थितिले खासै समस्या पार्दैन् ।

केन्द्रीय समिति : त्यस्तै नेकपाको ४४१ सदस्यीय केन्द्रीय समितिमा पूर्वमाओवादीको तर्फबाट २ सय सदस्य छन् । जहाँ पूर्वएमालेको तर्फबाट २४१ सदस्य छन् । जसमध्ये ओलीको पक्षमा १२७, माधव नेपालको पक्षमा १०४ र बामदेव गौतमको पक्षमा ६ जना छन् । जहाँ केहि तटस्थ खालका पनि छन् ।

पछिल्लो नेकपा समिकरणमा प्रचण्ड र माधव नेपालसहितको गठबन्धनमा झण्डै दुई तिहाई केन्द्रीय सदस्य स्पष्ट देखिन्छन् । जसमा ओली कमजोर छन् ।

संसद : पार्टीको तीन तहमा प्रचण्ड र माधव नेपाल गठबन्धन बलियो भएजस्तै संसदमा पनि उक्त गठबन्धन ओलीभन्दा बलियो छ । संसदमा नेकपाको तर्फबाट १७४ जना सांसद छन् । जहाँ ओलीको पक्षमा ७२, प्रचण्डको पक्षमा ५४, माधव नेपालको पक्षमा ३७, बामदेवको पक्षमा ४ र अन्य ७ जना छन् । जहाँ प्रचण्ड र माधव नेपालसहितको गठबन्धनमा स्पष्ट रुपमा ९५ सदस्य छन् ।

तर, अन्तिममा टुंगो छैन्

नेकपाभित्र बामदेव गौतमको बारे नेताहरु ‘भर नभएको’ भन्ने टिप्पणी गर्दछन् । अन्तिम अवस्थामा बामदेवको साथ दिन्छन् या दिँदैनन् भन्ने टुंगो दुवै पक्षलाई छैन् ।

बामदेवजस्तै पूर्वमाओवादीका केहि नेताको पनि भूमिका के रहन्छ भन्ने स्पष्ट छैन । जसमा केहि स्वतन्त्र शैलीका सांसद तथा नेता कता जान्छन् भन्ने स्पष्ट छैन् ।

साथै, अन्तिम अवस्थामा प्रचण्ड र माधव नेपालबीचको गठबन्धन कायमै रहन्छ या रहन्न भन्ने पनि स्पष्ट छैन् । पार्टी विभाजन भईहाल्ने अवस्था आयो भने के हुन्छ कसैलाई स्पष्ट छैन् । तथापी प्रचण्ड र माधव नेपालसहितको गठबन्धन कायम रहेमा पनि संसदमा बहुमत पुर्याउन भने समर्थ रहने स्थिति हुँदैन् ।

संसदमा बहुमत पुर्याउन १३८ सांसदको समर्थन चाहिन्छ । नेकपा विभाजन भइहाल्यो भने दुवै पक्षले अन्य दलको सहयोग खोज्नुपर्ने हुन्छ ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १६:५४ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...