२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीले केपी शर्मा ओलीले मंगलबार ११ बजेका लागि बोलाएको उक्त सर्वदलिय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीको सहभागीता रहेको बताइएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा २६ जनाको सहभागीता रहेको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ । बैठकको सुरुवातामा प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रण तथा पछिल्लो पटक भइरहेको संविधान विरोधी गतिबिधिका विरुद्ध सबैलाई एकजुट हुन आग्रह गरेको बताइएको छ ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार ११:५९ मा प्रकाशित






























