२३ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच सिड्नीमा चलिरहेको तेस्रो टि-२० मा अष्ट्रेलियाले भारतलाई १८७ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको छ । अष्ट्रेलियाका ओपनर म्याथ्यु वेडले यस टि-२० श्रृखलामा लगातार दोस्रो अर्धसतक बनाएका छन भने अलराउण्डर ग्लेन म्याक्सवेलले पनि यस टि-२० श्रृखलामा पहिलो अर्धसतक बनाएका छन ।
ओपनर म्याथ्यु वेडले ५३ बलमा ८० रन बनाएर आउट भएका थिए भने ग्लेन म्याक्सवेल ३६ बलमा ५४ रन बनाएर आउट भएका थिए । भारतका लागि बलिङ्गमा भने वाशिंगटन सुन्दरले २, टि नटराजन र युजवेन्द्र चाहलले १/१ विकेट लिन सफल भए ।
तेस्रो टि-२० मा पनि जित हासिल गर्नको लागि भारतले २० ओभरमा १८७ रन बनाउनु पर्ने भएको छ । ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार १५:५० मा प्रकाशित


























