२३ मंसिर,काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोवार नेप्से ओरालो लागेको छ । नेप्सेमा आज ०¬.४५ प्रतिशतले गिरावट आएको छ । आज समग्र कारोवार रकम साढे ५ अर्ब नागेको छ ।
आज नेप्से परिसूचक ०.४५ प्रतिशतले घटेर १९९५.३५ विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोवार मापक सेन्सेटिभ पनि २.५९ अंकले ओरालो लागेर ३८०.१८ बिन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज हाईड्रोपावर र संयूक्त लागानि कोष बाहेकका सबै कम्पनी उपसूचक समुहको परिसूचक ओरालो लागेको छ । आज सबैभन्दा बढि निर्जिवन बीमा कम्पनी समुहका लगानीकर्ताहरुले गुमाएका छन । उनीहरुले १७१.७५ अंकले गुमाएका छन् ।
आज कूल सूचिकृत मध्ये २०२ कम्पनीको ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९५८ रुपैयाँ वरावरको १ करोड २४ लाख ९० हजार ५६५ कित्ता सेयर किनबेच भएको छ भने तिनको कारोवारमा ४८ हजार ३३० पटक लेनदेन भएको छ ।
आजको कारोवारमा साना किसान बिकास बैंकले सबैभन्दा बढी कमाएको छ । उसले मात्र ६२ अंकले कमाउदै ३.६६ प्रतिशतको वृद्धि कायम गरेको छ । त्यस्तै अंकका आधारमा अप्पर तामाकोशि हाड्रिपावर (४५), नारायणि बिकास बैंक(३३) ले कामाउदा यूनिलिभर नेपाल(१२१६), साल्ट टे«डेङ कर्पोरेसन(२१५), बिशाल बजार कम्पनी(१८३) लगायतका लगानिकर्ताहरुले गुमाएका छन् ।
आजको बजारमा कारोवार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी शिर्ष स्थानमा रह्यो । उसको मात्र ४५ करोड ८१ लाख २ हजार २४७ रुपैयाँ वरावरको २ लाख ७८ हजार ४८ कित्ता सेयर किनबेच भयो । कारोवार बन्दहुदा उसको प्रतिकित्ता सेयर मुल्य १६०५ रहेको छ । त्यस्तैै नेपाल लाईफ इन्सुरेन्स, नेपाल दुरसञ्चार कम्पनी, सिभम सिमेन्ट क्रमश दोश्रो, तेस्रो र चौथो स्थाानमा रहे ।
कारोवार संख्याको आधारमा ग्लोबल आईएमई बैंक प्रमोटर सेयर शिर्ष संथानमा रह्यो । त्यस्तै अरुण भ्यालि हाइड्रो पावर, हाइड्रो इलेक्टिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट, अपर तापाकोशि क्रमश दोश्रो, तेस्रो र चौँथो स्थानमा रहे ।
आज कुल सूचिकृत कम्पनी मध्ये ४० कम्पनीका लगानिकर्ताले कमाएका छनभने १२३ अकम्पनीका लगानिकर्ताले गुमाएका छन् । त्यस्तै १० कम्पनीको कारोवारमा कुुनैपनि परिवरतन नआएको नेप्सेले जनाएको छ ।
| Market Summary | |
| Total Turnover Rs: | 5,670,739,958 |
| Total Traded Shares | 12,490,565 |
| Total Transactions | 48,330 |
| Total Scrips Traded | 202 |
| Index | Current | Points Change | %Change | ||
| NEPSE | 1,995.35 | 9.04 | 0.45 | ||
| Sensitive | 380.18 | 2.59 | 0.68 | ||
| Float | 135.13 | 0.23 | 0.17 | ||
| Sen. Float | 120.63 | 0.68 | 0.56 | ||
| Sub-Indices | Current | Points Change | %Change | |
| Banking | 1,457.91 | 7.69 | 0.52 | |
| Trading | 2,036.29 | 86.4 | 4.07 | |
| Hotels | 2,020.42 | 8.12 | 0.4 | |
| Development Bank | 2,154.49 | 31.87 | 1.46 | |
| HydroPower | 1,827.52 | 83.89 | 4.81 | |
| Finance | 881.40 | 15.12 | 1.69 | |
| Non Life Insurance | 9,617.14 | 131.75 | 1.35 | |
| Manu.& Pro. | 4,531.83 | 104.76 | 2.26 | |
| Others | 1,695.73 | 18.52 | 1.08 | |
| Microfinance | 3,088.27 | 3.71 | 0.12 | |
| Life Insurance | 12,144.03 | 120.66 | 0.98 | |
| Mutual Fund | 11.38 | 0.09 | 0.76 |
वि.सं.२०७७ मंसिर २३ मंगलवार १५:३८ मा प्रकाशित


























