back
CTIZAN AD

रोनाल्डोको दुई गोलका साथ युभेन्ट्सको बार्सिलोना माथि शानदार जित

वि.सं.२०७७ मंसिर २४ बुधवार

645 

shares

२४ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समुहचरणको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा रोनाल्डोको दुई गोलका साथ समग्रमा युभेन्टस्ले ३-० ले जित हात पा¥यो ।

युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत दुई गोल गरेभने खेलको २०औं मिनेटमा वेस्टन म्याकेन्नीले एक गोल गरे । ७५औं मिनेटमा लियोनार्दो बोनुचीले गरेको गोल भने भिएआर रेफ्रीले अफसाइड गोल भएको भन्दै मान्यता दिएनन् ।

लिग चरणको यस अघिको खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २-० गोल अन्तरमा पराजित गरेको थिायो । उक्त खेलमा स्टार फर्वाड क्रिष्टियानो रोनाल्डो कोरोना पोजेटिभ आएका कारण खेल्नबाट बन्चित भएका थिए । रोनाल्डो टिममा फर्किएसँगै युभेन्ट्सले बार्सिलोना माथि सानदार जित निकालेको हो ।

यस अघिनै दुबै टिम दोस्रो चरणमा प्रवेश गरिसकेका थिए । गयरातिको जितसँगै युभेन्टस् १५ अंकका साथ समुह बिजेता बनेको छ । समान खेलबाट समान अंक जोडेको बार्सिलोना भने हेट टु हेड मा पछाडि पर्दै दोस्रो स्थानमा रहदै दोस्रो चरण प्रवेश गरेको छ ।

सन् २०१८ पछि पहिलो पटक मेसी र रोनाल्डो एक अर्काविरुद्ध मैदान उत्रदा रोनाल्डोले दुई गोल गर्दै  आफ्नो टिमलाई जित दिलाउदा  मेस्सिले भने आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन् ।

वि.सं.२०७७ मंसिर २४ बुधवार ११:०७ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...