२४ मङ्सिर, काठमाडौँ । केहि दिन उकालो लागेको सुनको मूल्य आज ७ सयले घटेको छ ।
मंगलबार ९४ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज ७ सयले घटेर प्रतितोला ९३ हजार ४ सय मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि आज ७ सयले घटेर प्रतितोला ९२ हजार ९ सय ५० मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य घटसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १२३५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैँयाले घटेर प्रतितोला १२१५ रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।