back
CTIZAN AD

च्याम्पियन्स लिग: रियल म्याड्रिड जित्नै पर्ने दबावमा, समुह चरणको अन्तिम खेल आज (हेर्नुहोस् कुनकुन टिम भिड्दै छन्, खेल तालिका सहित)

वि.सं.२०७७ मंसिर २४ बुधवार

723 

shares

२४ मंसिर, काठमाडौं। च्याम्पियन्स लिग अन्तरगत समुह चरणको  खेल आज सम्पन्न हुर्दै छ । आज समुह ए, बी, सी र डी अन्तरगत रहेका टिमहरुको खेल हुँदै छन् ।

आज समुह ए को शिर्ष स्थानमा रहि दोस्रो चरणमा प्रवेश गरि सकेको जर्मन क्लब बायर्न म्युनिख समुहको अन्तिम स्थानमा रहेको रसियन क्लब लोकोमोटिव माँस्कोसँग भिड्दै छ । सोहि समुहको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड जर्मन क्लब आरबि साल्जबर्गसँग भिड्दै छ । आजकाे खेलमा एट्लेटिककाे लागि बराबरी मात्र भएपनि काफि रहने छभने साल्जबर्ग जित्नै पर्ने दबावमा हुने छ ।

समुह बी अन्तरगत समुहको शिर्ष स्थानमा रहेको जर्मन क्लब बोरुसिया मोन्चेन ग्ल्याडव्याच स्पेनिस च्याम्पियन रियल म्याड्रिडसँग भिड्दै छ । आजको खेलमा रियल जित्नै पर्ने दबावमा हुने छ यदि बराबरीमा रोकिएमा दोस्रो चरण प्रबेशका लागि समुह चरणको अर्को खेलमा भर पर्नुपर्ने हुन्छ। सोहि समुहको पुच्छारमा रहेको इन्टर मिलान अंक तालिकाको दोस्रो स्थानमा रहेको शख्तर् डोनेट्स्कसँग भिड्दै छ । यस समुहबाट हालसम्म कुनै पनि टिमको दोस्रो चरण प्रवेश गर्ने टिमको टुङगो लागेको छैन् ।

समुह सीको शिर्ष स्थानमा रहि दोस्रो चरणमा प्रवेश पाएको म्यान्चेस्टर सिटी ओलम्पिक डी मार्सिलेसँग भिड्दै छ । सो समुहमा मार्सिले ३ अंकका साथ अन्तिम स्थानमा रहेको छ । साे समुहकाे अर्को खेलमा पोर्चुगिज च्याम्पियन पोर्टो ओलिंपिकाससँग भिड्दै छ । यस समुहबाट म्यान्चेस्टर सिटी र पोर्टो दोस्रो चरणमा प्रवेश गरि सकेको छ ।

समुह डि अन्तरगत रहेको साबिक च्याम्पियन्य लिग बिजेता लिभरपुल मिजील्यान्डसँग भिड्दै छ । सोहि समुहको अर्को खेलमा होल्याण्ड क्लब अजाक्स इटालियन क्लब एटालान्टासँग भिड्दै छ । आजको खेल अजाक्स र एटालान्टाको लागि बिशेष हुने छ । आजको खेलमा अजाक्स जित्नै पर्ने दबावमा हुने छभने एटालान्टाको लागि बराबरी मात्र भएपनि पर्याप्त हुने छ ।

आजहुने खेल नेपाली समय अनुसार
समुह ए अन्गरगत
बायर्न म्युनिखका बिरुद्ध लोकोमोटिव माँस्को  १३ : ४५
आरबि साल्जबगका बिरुद्ध एट्लेटिको म्याड्रिड  १३ : ४५

समुह बि अन्तरगत
इन्टर मिलानका बिरुद्ध शख्तर् डोनेट्स्क  १३ : ४५
रियल म्याड्रिडका बिरुद्ध बोरुसिया मोन्चेन ग्ल्याडव्याच १३ : ४५

समुह सि अन्तरगत
म्यान्चेस्टर सिटीका बिरुद्ध मार्सिले १३ : ४५
ओलिंपिकाँसका बिरुद्ध पोर्टो १३ : ४५

समुह डि अन्तरगत
लिभरपुलका बिरुद्ध मिजील्यान्ड  ११ : ४०
एटालान्टाका बिरुद्ध अजाक्स ११ : ४०

त्यस्तै गएराति स्थगन गरिएको पिएसजी र स्तानबुल बासाक्षेहिर बिचको खेलपनि आजनै हुदै छ । फिफाको अफिसियलले रङगभेदि व्यवहार गरेको भन्दै उक्त खेल स्थगन गरिएको थियो ।  यी दुई क्लब बिचको खेल नेपालि समय अनुसार ११ : ४० मा हुदै छ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १२:०५ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...