२५ मङ्सिर, काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेको टि-२० वरियतामा सुधार भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सर्वजनिक गरेको नयाँ टि-२० वरियतामा सन्दिप लामिछाने १ स्थान माथि उक्लिएका छन । यस अघि ८१ औँ स्थानमा रहेको सन्दिप १ स्थान माथि उक्लदैँ ८० औँ स्थानमा आएका छन ।
सन्दिप लामिछानेले २०२० मार्च दखी कुनै पनि अन्तरष्ट्रिय खेल खेलेका छैनन् । उनी वेस्टइंडिजका सुनिल नरायाण, इंल्याण्डका वेन स्टोक्स र भारतका रविन्द्र जडेजा जस्ता दिग्गज खेलाडी भन्दा अगाडि रहेका छन ।
त्यसैगरि टि-२० ब्याट्सम्यान तर्फको वरियतामा नेपालबाट एक मात्र खेलाडी पारख खड्का शिर्ष १०० मा अटाएका छन । उनी ७१ औँ स्थानमा रहेका छन ।
टि-२० ब्याट्सम्यान तर्फको वरियतामा शिर्ष स्थानमा इंल्याण्डका डविड मलान र बलिङ्ग तर्फको वरियतामा अफगानिस्तानका राखिद खान शिर्ष स्थानमा रहेका छन ।
वि.सं.२०७७ मंसिर २५ बिहीवार १०:५७ मा प्रकाशित



























