back
CTIZAN AD

आइएमई र प्रभु ग्रुपका अध्यक्षको आर्थिक सहयोगमा एम्बुलेन्स खरिद

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

624 

shares

२६ मंसिर, काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकामा सञ्चालित रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ ।

व्यवसायीद्वय ढकाल र भट्टचनले बिहीबार रेडियोका अध्यक्ष दोर्ण कुँवरलाई काठमाडौँमा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे । नेपाली कांग्रेस बागलुङ–२ को क्षेत्रीय समितिले पनि एम्बुलेन्सका लागि केही रकम जुटाएको अध्यक्ष कुँवरले बताए ।

पश्चिम बागलुङमा एम्बुलेन्स सेवा खड्किरहेका बेला एम्बुलेन्स खरिदका लागि रेडियोले पहल अघि बढाएको थियो । रेडियो सञ्चालन गरिरहेको संस्था गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षामार्फत राजश्व छुटमा एम्बुलेन्स किनिएको हो ।

रु ४० लाख मूल्य पर्ने एम्बुलेन्स रु ११ लाख ५७ हजारमा खरिद गरिएको अध्यक्ष कुँवरले जानकारी दिए । “पश्चिम बागलुङको निसी, भुजी र तमानखोला क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीलाई समयमै अस्पताल पुर्याउन समस्या थियो”, अध्यक्ष कुँवरले भने, “अब सहज र प्रभावकारीरूपमा एम्बुलेन्स सेवा शुरु गर्छौँ ।” रासस

वि.सं.२०७७ मंसिर २६ शुक्रवार ०८:४१ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...