
२६ मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन ‘नेपाल अमेरिका एकता समाज’का अध्यक्ष प्रकाश घिमिरेको असामयिक निधन भएको छ ।
घिमिरेको शुक्रबार बिहानै आफ्नै निवासमा निधन भएको समाजका कार्यवाहक अध्यक्ष नविन पोख्रेलले जानकारी दिए ।
ढाडमा समस्या देखिएपछि अस्पताल गएर देखाउँदै उनलाई पेटको क्यान्सर देखिएको थियो । एकमहिना अघि रोगले च्याप्दै गएपछि उनी परिवारसँगै बसेर उपचार गर्ने भन्दै नेपाल आएका थिए ।
कार्यवाहक अध्यक्ष पोख्रेलले घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यत गरेका छन् ।
लामो समयदेखि लसएन्जलसमा रहँदै आएका घिमिरे साहित्यका साथै समाजसेवामा निकै सक्रिय रहने गर्दथे ।