back
CTIZAN AD

शतप्रतिशत जित सहित आर्सनल युरोपा लिगको अन्तिम ३२ मा

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

657 

shares

२६ मंसिर, काठमाडौं । युरोपा लिग अन्तरगत समूह चरणको खेलमा इंग्लिस क्लब आर्सनलले शतप्रतिशत जित निकालेको छ । गएराति भएको खेलमा आइरिस क्लब डुन्डाल्कलाई ४–२ ले पराजित गर्दै आर्सनल समूह चरणमा अपराजित बनेको हो ।

समूह ‘बी’ को ६ खेलमा सतप्रतिशत जित निकाल्दै १८ अंकका साथ आर्सनल अन्तिम ३२ मा प्रवेश गरेको छ । एभिभामा भएको खेलमा आर्सनको जितमा खेलको १२औं मिनेटमा इडुआर्ड, १८औं मिनेटमा मोहमद इलाने, ६७औं मिनेटमा जोसेप विललक र ८०औं मिनेटमा फोलारिनले गोल गरे । डुन्डाल्कका लागि २२औं मिनेटमा जोर्डन फ्लोरेस र ८५ औँ मिनेटमा सिन होआरेले गोल गरेपनि त्यो हारबाट टाडा रहन प¥याप्त रहेन ।

समुह बी बाट आर्सनल शतप्रतिशत जित निकाल्दै १८ अंक र मोल्दे १० अंक सहित दोस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश ग¥यो ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार ०८:१२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...