back
CTIZAN AD

सय घर उपभोक्ताका लागि खानेपानी वितरण

वि.सं.२०७३ माघ २ आइतवार

930 

shares

२ माघ,गाईघाट (उदयपुर)। उदयपुर जिल्लाको पहाडी दुर्गम गाविस भुटार–१ मा सय घर उपभोक्ताका लागि खानेपानी वितरण कार्य सुरु भएको छ ।

जिल्ला खानेपानी डिभिजन कार्यालय तथा जिल्ला विकास समिति, उदयपुर र पेशोक नेपाल उदयपुरको साझेदारीमा तीन वर्षअघि स्थानीय गोगने खोलाबाट निर्माण कार्य सुरु भएको उक्त खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि अब पानी वितरण कार्य सुरु गरिएको जिल्ला खानेपानी डिभिजन कार्यालय, उदयपुरका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

उक्त गोगने खोला खानेपानी योजना निर्माण कार्य सम्पन्न गर्न रु ३८ लाख २९ हजार बजेटमा सम्पन्न भएको खानेपानी योजना निर्माणका सञ्चालनकर्ता, पेशोक नेपाल उदयपुरकी सिर्जना दनुवारले बताउनुभयो ।

तीन घर उपभोक्ताका लागि एक धारा वितरणको व्यवस्था गरिएको उक्त योजनामा ३१ धारा रहेका छन् ।

खानेपानी योजना सम्पन्न भएर पानी वितरण भएपछि अहिले स्थानीयवासीले डोकोमा गाग्री बोकेर डेढ घन्टा टाढाबाट पानी ल्याउनु पर्ने समस्या समाधान भएको स्थानीय जुनाकुमारी राईले बताउनुभयो । रासस

वि.सं.२०७३ माघ २ आइतवार ०६:०५ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...