back
CTIZAN AD

स्विट्जरल्यान्डका नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय

वि.सं.२०७३ माघ २ आइतवार

1.2K 

shares

२ माघ,नुवाकोट (थानापती) । नेपाली समाज बसेल स्विट्जरल्यान्डले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ ।

हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्ड बसेलका नेपालीले पठाएको करिब रु १४ लाख ५७ हजारमा सो विद्यालयको चारकोठे भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो ।

काठमाडौँबाट झन्डै ३२ किलोमिटर उत्तरतर्फ थानापती गाउँ विकास समिति, सानेपीपलको सो विद्यालयमा हाल दुई दर्जन बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका शिक्षक हरिबहादुर श्रेष्ठले बताउनुभयो । नवनिर्मित भनवको जिल्ला शिक्षा कार्यालय, थानापती स्रोत केन्द्रका प्रमुख महेश्वर पाण्डेले हालै उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली समाज बसेल स्विट्जरल्यान्डका सदस्य प्रवीणकुमार मगरले विदेशमा बसे पनि स्वदेशमा आपत् परेका नेपालीलाई सहयोग गराँै भन्ने भावनाले नेपाली खाना पकाएर बेच्ने तथा अन्य रचनात्मक कार्यक्रमबाट सङ्कलित रकम विद्यालय निर्माणमा प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

हिमालय पिस एजुकेसन फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले भूकम्प गएपछि नुवाकोट क्षेत्रमा टिनका ३०० अस्थायी घर र पाँच विद्यालय पुनःनिर्माणमा सहयोग गरेको बताउनुभयो ।

स्थानीय हरिप्रसाद सिलवालको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको जग्गा संरक्षण गर्न पर्खाल लगाउनुपर्ने तथा शैक्षिक गुणस्तर सुधार्न अझै सहयोगको खाँचो रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ माघ २ आइतवार ०६:०४ मा प्रकाशित

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...