back

कृषि परियोजनाका लागि डेढ करोड लगानी

वि.सं.२०७३ माघ २ आइतवार

492 

shares
NTC AD

इलाम। व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ ।

जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो ।

एडिबीको सहयोगमा विगतमा पनि इलामका किसान तथा उद्यमीलाई विभिन्न परियोजनामार्फत जीविकोपार्जनमा सहयोग पु¥याउन महत्वपूर्ण परियोजनामार्फत सहयोग गर्दै आएको छ ।
हाल प्रतिव्यावसायिक फार्म र सहकारीलाई न्यूनतम रु तीन लाख र अधिकतम रु चार लाखसम्म सहयोग उपलब्ध गराउन लागिएको जिल्ला पशुसेवा कार्यालय, इलामका प्रमुख डाक्टर पशुपति ढुङ्गानाले बताउनुभयो ।

चिज, घ्यू, छुर्पी उत्पादन गर्दै आएका व्यावसायिक डेरी, सहकारी संस्था र फार्मले प्रस्तावना पेस गरेकामा उनीहरूसँग सम्झौता गर्ने तयारी गरिरहेको पशुसेवा कार्यालयले जनाएको छ ।

सैँतिसवटा फार्म तथा सहकारी संस्थासँग अनुदान सम्झौता गरिने तयारी गरिएको प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । परियोजनाका लागि कृषक तथा उद्यमीले जिल्लाभरबाट ४५ वटा प्रस्ताव पेस गरेका छन् ।

आवेदकले पानीको ट्याङ्की निर्माण, अत्याधुनिक गोठ निर्माण, क्रिम सेपरेटरको, डेरी भवन निर्माण, मर्मत सम्भार गर्न, सोलार ड्रायर, छुर्पी च्याप्ने हाड्रोलिक मेसिन, डिप फ्रिज तथा दूध प्रशोधनका लागिसमेत परियोजना पेस गरेका छन् ।

परियोजना सम्पन्न गरिसकेपछि मात्र फार्म र सहकारीले रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ । आवेदकले कुल परियोजनाको ७५ प्रतिशत रकम अनुदान पाउने व्यवस्था रहेको छ । रासस

वि.सं.२०७३ माघ २ आइतवार ०६:१४ मा प्रकाशित

ADBL AD
दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

दसैँ अघि निर्माण व्यवसायीले पाएनन् भुक्तानी 

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघि...

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

मुस्ताङमा नौ महिनामा एक लाख पर्यटक

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना...

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

सहकारीद्वारा बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

सहकारीद्वारा बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ बिरौटामा दूध सङ्कलन केन्द्र स्थापना...

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै अद्वितीय सिङ्जेमा ताल

पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै अद्वितीय सिङ्जेमा ताल

दिलकुमार लिम्बू/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र...