२६ मंसिर, काठमाडौं । साहित्यकार झमक घिमीरेले गण्तान्त्रिक व्यवस्था विरुद्ध केही समययता प्रश्न चिन्ह् लगाउने काम भइरहेकोले यस विषयमा बेलैमा सचेत रहन राजनीतिज्ञहरुलाई आग्रह गरेकी छन् ।
साहित्यकार घिमीरेले स्थायी सरकारलाई भत्काउने विविध षड्यन्त्र भइरहेकोे र देशमा फेरि अस्थिर स्थिति पैदा गरेर आफ्नो स्वार्थ पूरा गर्ने दाउपेज चलिरहेको भन्दै राजनीतिज्ञहरुलाई बेलैमा सचेत हुन आग्रह गरेकी हुन् ।
त्यसैगरी घिमीरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनतालाई माया गर्ने हो र राजनीति नै गर्ने हो भने आधिकारिक रूपमा राजनीतिक दल खोलेर जनताबाट अनुमोदित भएर आउन चुनौती दिएकी छन् । ‘अनि मात्र नेपाली जनताले उनलाई मान्छन् । यो कुरा उनलाई पनि चेतना होस् ।’ उनले भनेकी छन् ।
सामाजिक संजालमा लेख्दै साहित्यकार घिमीरले भनेकी छन्,
यो देशमा राजनीति रूपमा गणतान्त्रिक व्यवस्था विरुद्ध केही समय यता प्रश्न चिन्ह लाउने काम भइरहेको छ ! आज स्थायी सरकार छ यसलाई भत्काउने विविध षड्यन्त्र भइरहेकोे छ यो देशमा फेरि अस्थिर स्थिति पैदा गरेर आफ्नो स्वार्थ पूरा गर्ने दाउपेज चलिरहेको छ । हाम्रा राजनीतिज्ञहरू बेलैमा सचेत हुन । आफ्ना मतभेदहरूलाई बहसमै राखेर अस्थीर स्थित यो बेलामा ननिम्त्याउन । सरकारभित्र मात्र यो अन्तरिक कलह छैन देशको अर्को ठूलो दल नेपाली काँग्रेसभित्र पनि छ । जिम्मेवार पक्षले यसलाई संवेदनशील बनेर सुल्झाउन सक्नुपर्छ । यो कसैले कसैलाई पुर्वाग्रह राखेर आफैमा फुटेर झगडा गरेर देश र जनताले फेरि दुःख पाउने स्थिति बन्छ । यतिबेला राजावादीहरू पनि सल्बलाइ रहेका छन् । अब यिनैले पनि हिजोकै पूरानो काम नलाग्ने राजतन्त्र कुनै हलतमा नेपाल र नेपाली जनताको हितमा हुँदैन यो कुरा सबै नेपालीले बुझ्नु आबस्यक छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यो नसोचुन उनलाई हिजोकै स्थान मिल्छ । उनले देश र जनतालाई साँच्चै माया गर्छन् र राजनीति नै गर्छन् भने राजनीतिक दल आधिकारिक रूपमा खोलेर जनताबाट अनुमोदित भएर आउन । अनि मात्र नेपाली जनताले उनलाई मान्छन् । यो कुरा उनलाई पनि चेतना होस् ।’
वि.सं.२०७७ मंसिर २६ शुक्रवार १९:१८ मा प्रकाशित






























