back
CTIZAN AD

इन्द्रमाया भन्छिन् –नारायणकाजीलाई जोड्न मिल्दैन

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

855 

shares

२६ मंसिर, काठमाडौँ । बिहिबार निधन भएका कमानसिं लामाकी पत्नी इन्द्रमायाले पारिवारिक असमझदारीका विषयमा नेकपाका नेता नारायणकाजी श्रेष्ठलाई जोड्न नमिल्ने बताएकी छन् ।

सिन्धुपाल्चोक जिल्लाको गुम्बागाउँपािलका ५ अन्तर्गत श्री याम्बलिङ हाइड्रोपावर प्रालिको विषयमा सार्वजनिक भिडियोमा नेता श्रेष्ठ आर्थिक लेनदेनमा जोडिएको भन्दै टिकाटिप्पणीहरु भैरहेका बेला तामाङले यसबारे स्पष्ट पार्दै प्रेस विज्ञप्ति निकालेकी हुन् ।

प्रेस विज्ञप्ति जारी गर्दै उनले लामाको निधनबाट शोकको अवस्थामा रहेको बेला पारिवारक विवाद र असमझदारीबाट बिगतमा सृजित केही घटनाहरुलाई लिएर नेकपाका नेता श्रेष्ठलाई अनावश्यक मुछेर अनर्गल झुटो प्रचार गरिएको भन्दै दुख व्यक्त गरेकी छन् ।

हाइड्रो पावर संचालन गर्न नसकेरा ऋणले आर्थिक अवस्थामा टाट पल्टिन लागेको बेला नेता श्रेष्ठले सहयोग गरेको कुरालाई केही तत्वहरुले उनको राजनीतिक निष्ठापूर्ण जीवनलाई निहित स्वार्थपूर्ति गर्न लागेको आरोप लगाएकी छन् ।

‘उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने निहीत स्वार्थपूर्ति गर्ने केही व्यक्ति वा संस्थाहरु लागिरहेकोमा म घोर भत्सर्ना गर्दछु’,उनले स्पष्ट पार्दै भनेकी छन् ‘उहाँ हाम्रो यो आर्थिक विषयमा न हिजो संलग्न हुनुहुन्थ्यो, न आज संलग्न हुनुहुन्छ ।’

यसैबीच श्री याम्बलिङ हाइड्रोपावर प्रालिले पनि आर्थिक लेनदेनमा नेता श्रेष्ठको कुनै भूमिका नरहेको स्प्पष्ट पारिसकेको छ ।प्रालिले नेता श्रेष्ठको नाम जोडि उनको चरित्र हत्या गर्ने उद्देश्यले आएका, भ्रामक कपोल्कल्पीत एवम् राजनैतिक दुरासययुक्त भावनाले सम्प्रेषण भएको बताएको छ ।
‘पूर्व उप्रधानमन्त्री एवम् नेकपाका प्रवत्ता जस्तो व्यक्तिले आफू निकट व्यक्ति श्री कमानसिंह लामाले उठाएको विवादलाई उहाँकै अनुरोधमा समाधान गर्ने प्रयास स्वरुप भए गरेको छलफललाई अन्यथा भन्न मिल्दैन।’ विज्ञप्तिमा भनिएको छ ।

नेकपाका प्रवक्तासमेत रहेका नेता नारायणकाजीलाइ श्रेष्ठ एक भिडियो प्रकरणसँगै विवादमा ल्याइएको थियो । नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद कमानसिंह लामाको मृत्युपछि श्रेष्ठ र लामाबीच लेनदेनको कुराकानी भएको भिडियो बाहिरिएसँगै उनी विवादमा परेका थिए ।

भिडियोमा प्रवक्ता श्रेष्ठ र कमानसिंह लामाबीच साढे दुई करोड पैसाको लेनदेनबारे कुराकानीमा प्रवक्ताकी स्वीकय सचिव सुसन कर्माचार्यको नाम समेत जोडिएको थियो ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १९:४० मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...