जगत बहादुर लामा
अध्यक्षनेपालका लागि स्वास्थ्य र शिक्षा
कतिपयले हाम्रो संस्थालाई एनजिओको रुपमा बुझेका छन् । म त्यसरी नबुझ्न विनम्र अनुरोभ गर्दछु । एनजिओ भनेको त १० हजारको काम देखाएर १ लाख कुम्ल्याउने संस्था हो । हामीले त सुका आए सुका र मोहोर आए मोहोर लगानी गरेका छौं । यो कुरा जनताले प्रत्यक्ष रुपमा भोगेका र देखेका छन् । हाम्रो संस्था विशुद्ध सामाजिक संस्था हो न न कि एनजिओ । सरकारले हामीले बेला बेला एनजिओको लगाम लगाइदिँदा मन दुख्छ । न त सरकार कहिले हाम्रो कामको निरिक्षण गर्न जान्छ छ न त गाउँको समस्या बुभ्न नै । सिंहदरबारको घेराभित्र बसेर हामीलाई एनजिओको लगाम लगाइरहन्छ । म एक जना व्यक्तिको भरमा यति धेरै विकासका काम हुँदा रहेछन् भने सरकारले गर्ने हो भने विकास हुन कति बेर । देशमा भ्रष्टचारीहरुको राज छ । दलाल र पुँजिपतिहरुको दबदबा छ अनि कसरी हुन्छ विकास । विकास भाषणमा होइन व्यवहारमा गरेर देखाउनु पर्छ । अनि पत्याउँछन् जनताले ।
‘बाबु म एउटा गोली औषधि नपाउँदा अकालमै मर्ने भो तेरो पालामा मैले जसरी कसैले मर्नु नपरोस तँ पढेलेखेको छोरो भोली तैले यो गाउँमा एउटा अस्पताल बनाएस है ।’ नुवाकोट जिल्लाको दक्षिणी भेगमा रहेको दुर्गम गाविस कुमरीको दुर्गम गाउँ नेपाने डाँडाका सुकुमान लामाले मृत्यु शैयाबाट आफ्ना छोरालाई दिएको अर्ति हो यो । भिरबाट लडेर औषधि अभावले मृत्यु शैयामा छटपटाइरहेका आफ्ना बाबुले यसो भन्दा जगत बहादुर लामाले हस भन्दै मुन्टु हल्लाएका थिए उतिबेला । मात्र एउटा गोली औषधीकै अभावमा अकालमै बिते सुुुुकुमान लामा । बाबुको सपना कसरी पूरा गर्न सकिन्छ भनेर हररात सोच्थे जगत । एउटा गरीव जनजाती परिवारमा जन्मिएका जगतको लागि गाउँमा अस्पताल खोल्ने कुरा फलामको चिउरा चपाउनु जत्तिकै थियो । तर अथक प्रयास र इमान्दारिताको कारण उनी गाउँमा अस्पताल खोल्न सफल भएका छन् । नेपालका लागि स्वास्थ्य र शिक्षा नामको सामाजिक संस्था मार्फत उनले आजभन्दा ५ वर्ष अघि सुकुमान मेरोरियल पोलिक्लिनक संचालनमा ल्याए । गाउँमा सरकारले गर्न नसकेको काम गरेर उदाहरणीय बनेका छन् ।
(लामाको पहलमा बनेको सुुकुमान मेमोरियल पोलिक्लिनक)
काठमाण्डौं छिरेपछि ट्रेकिङको काम गरें
काठमाण्डौंमा आइए पढ्दै गर्दा मैले टे«किङको काम गरें । त्यहाँ काम गर्दा मैले धेरै कुरा जान्ने र बुझ्ने अवसर पाएँ । टे«किङ जाँदा म देखि खइरेहरु खुसी हुन्थें । किनभने म खइरेहरुलाई गीत गाएर मादल बजाएर मनोरञ्जन प्रदार गरिदिन्थें । फरासिलो स्वभावको हुनाले उनीहरु म प्रति आकर्षित हुन्थें । हामी बीच घरायसी लगायत अन्य धेरै कुरा हुन्थ्यो । पछि म आफैंले ट्राभल एजेन्सी खोलें त्यसपछि अँझ धेरै खइरेहरुसँग चिनजान भयो । भेटघाट बाक्लियो ।
२००८ मा केही विदेशी साथीहरु मेरो गाउँ घुम्न आए
मैले मेरो गाउँ र गाउँका मान्छेको बारेमा विदेशी साथीहरुसँग कुरा गरें । उनीहरुले गाउँ हेर्ने इच्छा प्रकट गरे । त्यसपछि उनीहरुलाई लिएर म गाउँ गएँ । त्यहाँको उराठ लाग्दो ठाउँ देखेर ति साथीहरु धुरुधुरु रोहे । अनि माटो हातमा लिएर प्रण गरे यो गाउँको लागि पक्कै केही गर्छौं भनेर । अनि मलाई भने ‘भन् तेरो यो गाउँको लागि हामीले के गर्न सक्छौं’ । मैले भने ‘अरु केही पर्दैन एउटा अस्पताल बनाउन सहयोग गरिदिए पुग्छ ।’ उनीहरु मेरो कुरामा राजी भए । अमेरिका पुगेपछि मलाई खबर गरे । हामी तेरो गाउँमा अस्पताल बनाउन तयार भयौं । आफ्नो ठाउँबाट तयारी गर ।
४ दिने स्वास्थ्य शिवीर सहित भवन शिल्यान्स
२००९ को कुरा हो । अमेरिकाका वरिष्ठ डाक्टरको टोलीबाट त्यहाँ ४ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन ग¥यौं । अनि तत्कालीन सूचना तथा संचारमन्त्री पोष्टबहादुर बोगटीबाट भवनको शिलान्यास ग¥यौं ।
त्यसपछि निरन्तर भवन निर्माणमा
अस्पताल शिलान्यास भए लगत्तै हामी भवन निमार्णको काममा जुट्यौं । निरन्तरको प्रयासपछि २०१३ मा सबै काम सकियो । त्यसपछि त्यहाँ ८ शैयाको बेड र ल्याव सहितको सेवा दिन थाल्यौं । विडम्बना विनाशकारी भूकम्पले अस्पतालमा क्षति पु¥यायो । पहिला ७० लाख खर्चमा सम्पन्न भएको भवन निर्माणको लागि पुर्ननिर्माण गर्न ९० लाख लाग्यो । तर पनि तिनै विदेशी साथीहरुको सहयोगले काम सम्पन्न गर्न पाइयो अहिले पुनः सेवा संचालन भएको छ । ४ जना स्वास्थ्यकर्मी सहित ८ जना कर्मचारीले काम गरिरहनु भएको छ ।
एम्बुलेन्स संचालनको लागि बाटो बनाइयो
काठमाण्डौंबाट करिब ५० किलोमिटरको दूरी मात्र भए पनि पनि सरकारले त्यो ठाउँको लागि न शिक्षामा लगानी गरेको छ, न स्वास्थ्यमा, न खानेपानी न सडक । पीडैपीडामा गुम्सिरहेको त्यो गाउँको विकासको लागि मैले आफ्नो तर्फबाट गर्न सक्ने पहल गरें । कच्ची बाटो भएकाले गाउँमा २÷३ महिना मात्र गाडी चल्थ्यो । गाउँमा कोही बिरामी परे चार घण्टा स्टेचारमा बोेकेर गाडी चढ्ने ठाउँमा पुग्नुपथ्र्याे । त्यो पीडालाई कम गराउन मैले एम्बुलेन्स पनि संचालन गरें । त्यसको लागि बाटो राम्रो चाहिन्छ । बाटोका लागि मात्रै मैले २ करोड रुपैयाँ खर्च गरिसकें ।
चार गाविस र धादिङमा पनि सेवा
नुवाकोटको कुमरी, दुइपीपल, जिलिङ र बेल्कोट गाविसका जनताले अस्पतालबाट सेवा पाइरहेका छन् । साथै धादिङको गोगनपानी गाविसका जनताले पनि सेवा लिइरहेका छन् । हामीले खर्च भन्दा बढी एकसुको पनि नाफा लिएका छैनौ । कर्मचारीहरुको तलव विदेशबाटै आउँछ । हाम्रो काम नाफा मुखी होइन सेवा मुखी हो । एम्बुलेन्सले महिनामा ५० देखि ६० जना सम्म बिरामीलाई केन्द्रीय अस्पताल पु¥याएको छ । भने त्यहाँबाट १५० देखि २०० जनाले सेवा लिइरहेका छन् । त्यत्ति मात्र नभएर हामीले समय समयमा विदेशी डाक्टरद्धारा समय समय निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छौं । कहिले आँखा शिविर संचालन गर्छौ, कहिले दन्त शिविर कहिले स्त्री रोग सँग सम्बन्धित शिविर संचालन गरेर काम अगाडी बढाइरहेका छौं ।
सरकारबाट एक रुपैयाँ पनि लिएका छैनौं
अहिलेसम्म सरकारबाट हामीले एक रुपैयाँ पनि लिएका छैनौं । गाविसबाट पाउने ५०÷६० हजार पनि पाएका छैनौं । सरकारले गर्नुपर्ने काम म एक्लैले गरिरहेको छु । किनकी म यो देशको एउटा सचेत नागरिक हँु । गाउँ र समाजको विकास भए आफ्नो विकास आफैं हुन्छ भन्ने सोंच बोकेको व्यक्ति हुँ । मलाई छलछाम गरेर कसैको दुई रुपैयाँ खानु छैन । खानु छ केवल दुःख र श्रम गरेर । म एउटा सोझो तामाङको छोरो । बाबुले औषधि अभावमा ज्यान गुमाएको घटना दिमागमा ताजै छ ।
जिल्लाकै नमुना विद्यालय
गाउँको स्कुल भूकम्पले क्षतविक्षत बनाइदियो । आफ्नो पालामा वरको रुखमुनी बसेर कखरा सिकेको । कहिले कक्षाकोठामा बसेर क ख सिक्न पाइएन । एकातिर त्यो पीडा अर्काेतिर अशिक्षित जनजातिको बाहुल्यता रहेको ठाउँ । त्यहाँका बालबालिका शिक्षाबाट विमुख हुन नपरोस भनेर सुविधा सम्पन्न विद्यालय बनाइदिएँ । ति विदेशी साथीहरुको यो सहयोगप्रति म ऋणि छु । सरकारले अहिलेसम्म त्यस्तो विद्यालय कँही कतै निर्माण गरेको छैन । कुनै निजी विद्यालयको भन्दा कम छैन भौतिक पूर्वाधार । अत्याधुनिक स्तरको कक्षाकोटा,शौचालय, स्वच्छ खानेपानी सहितको भौतिक पूर्वाधारले निर्मित उक्त विद्यालय जिल्लाकै नमुना विद्यालय बनेको छ ।
(जिल्लाकै नमुना विद्यालय श्री विकास निमावि )
एनजिओ होइन सामाजिक संस्था हो
कतिपयले हाम्रो संस्थालाई एनजिओको रुपमा बुझेका छन् । म त्यसरी नबुझ्न विनम्र अनुरोभ गर्दछु । एनजिओ भनेको त १० हजारको काम देखाएर १ लाख कुम्ल्याउने संस्था हो । हामीले त सुका आए सुका र मोहोर आए मोहोर लगानी गरेका छौं । यो कुरा जनताले प्रत्यक्ष रुपमा भोगेका र देखेका छन् । हाम्रो संस्था विशुद्ध सामाजिक संस्था हो न न कि एनजिओ । सरकारले हामीले बेला बेला एनजिओको लगाम लगाइदिँदा मन दुख्छ । न त सरकार कहिले हाम्रो कामको निरिक्षण गर्न जान्छ छ न त गाउँको समस्या बुभ्न नै । सिंहदरबारको घेराभित्र बसेर हामीलाई एनजिओको लगाम लगाइरहन्छ । म एक जना व्यक्तिको भरमा यति धेरै विकासका काम हुँदा रहेछन् भने सरकारले गर्ने हो भने विकास हुन कति बेर । देशमा भ्रष्टचारीहरुको राज छ । दलाल र पुँजिपतिहरुको दबदबा छ अनि कसरी हुन्छ विकास । विकास भाषणमा होइन व्यवहारमा गरेर देखाउनु पर्छ । अनि पत्याउँछन् जनताले ।
प्रस्तुती:संगीता पनेरु
वि.सं.२०७३ माघ २ आइतवार ०८:५० मा प्रकाशित
































