back
CTIZAN AD

कृषिले सुरु ग¥यो टोल ‘फ्रि’–सेवा

वि.सं.२०७३ माघ २ आइतवार

1.1K 

shares

 २ माघ,तेह्रथुम । जिल्ला कृषि विकास कार्यालयले दुर्गम र दुरदराजका किसानलाई कार्यालयबाटै प्राविधिक परामर्शका लागि टोल ‘फ्रि’ नम्बरबाट सेवा दिन थालेको छ ।

कृषि प्राविधिकको सङ्ख्या थोरै रहेको र प्रत्येक किसानसम्म पुगेर सेवा दिन अफ्ठ्यारो परेकाले किसानको सजिलोका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो ।

किसानले फोन गर्दा पैसा नलाग्ने हुँदा आफ्नो खेतीबालीमा सामान्य प्रकृतिका रोगकीरा नियन्त्रणका लागि २४ सै घन्टा प्राविधिकसँग सम्पर्क गर्नसक्ने कार्यालयले जनाएको छ ।

कार्यालयको १६६०–२६४६००० टोलफ्री नम्बरमा सम्पर्क गरेर कृषि प्राविधिकसँग सल्लाह लिन सकिने भएको छ । किसानले एउटा टेलिफोन नम्बरबाट १५ मिनेटसम्म निःशुल्क कृषि प्राविधिकसँग समस्या र गुनासा राख्न पाउने कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ माघ २ आइतवार ०७:२१ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...