back
CTIZAN AD

कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरु

वि.सं.२०७७ मंसिर २७ शनिवार

771 

shares

२७ मंसिर, कर्णाली । कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ । एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत सर्भेमा विद्युत् लाइनले ओगट्ने क्षेत्रको भौगोलिक अवस्था, रूख कटानलगायतका विषयमा अध्ययन हुने बताए । “प्रारम्भिक सर्भे भइसकेको छ, विस्तृत सर्भे शुरु हुँदैछ”, उनले भने, “कुन बाटोबाट लैजाने, कति रूख कटान गर्नेसम्बन्धी टुङ्गो अब अध्ययनपछि लाग्नेछ ।”

आयोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्ट प्रालिले पाएको छ । कम्पनीले दुई वर्षभित्र प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ । आयोजनामा करीब रु ७० करोड खर्च हुने अनुमान गरिएको छ ।

आयोजना सम्पन्न भएपछि ‘कम भोल्टेज’को समस्या हट्नेछ । ‘कम भोल्टेज’कै कारण कर्णालीमा विद्यत् विस्तार हुन सकेको छैन । लामो समयदेखि प्रसारण लाइन निर्माणको चर्चा चले पनि राजनीतिक अस्थिरताका कारण काम शुरु सकेको थिएन । रासस

वि.सं.२०७७ मंसिर २७ शनिवार १५:३३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...