back
CTIZAN AD

काँग्रेसले तय गर्यो विरोध प्रदर्शनका लागि यी नारा, नेवि संघले आज देशभर एकसाथ सिठ्ठी फुक्दै

वि.सं.२०७७ मंसिर २८ आइतवार

921 

shares

२८ मंसिर, काठमाडौं, । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनका लागि विभिन्न नाराहरु तय गरेको छ ।
सरकारको सर्वसत्तावाद र भ्रष्टाचारको विरुद्धमा गर्न लागेको विरोध प्रदर्शनका लागि काँगेसले नारा निर्धारण गरेको हो ।

संघीय, लोकतान्त्रिक, गणतन्त्र नेपाल – जिन्दावाद !, नेपाली काँग्रेस – जिन्दावाद ! सर्वसत्तावादी ओलि सरकार – मुर्दावाद !,चारैतिर भ्रष्टाचा।– जनताले चिन्यो ओलि सरकार !, तनहुँमा भएको दुव्र्यवहार –अपमान र अत्यातार !, बढ्यो महिला हिंसा र बलात्कार– अकर्मण्य भो ओलि सरकार!, अति भो अति भो – मुलुककै छवि क्षति भो !, जनता कोरोनाको मारमा – नेकपा सत्ताको जितहारमा !, औषधी छैन, मल छैन–सत्ताको लडाई लाज छैन !, नेपाली काँग्रेस जिन्दावाद– लोकतान्त्रिक समाजवाद जिन्दावादको नारा तय गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यसैबीच नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पार्टीले गर्न लागेको देशव्यापी विरोध प्रर्दशनको पूर्वसन्ध्यामा सिठ्ठी फुक्ने कार्यक्रम गर्न लागेको छ ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको विरोधमा विभिन्न स्थानमा आज अपरान्ह ४ बजे सिठ्ठी फुक्ने कार्यक्रम गर्न लागेको संघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । नेविसंघल ‘देशभर एकसाथ सिठ्ठी फुकौ, १ मंसिर २९ गतेको देशब्यापी प्रदर्शनको भब्य तयारीमा जुटौं ’ भन्ने नारासहिते आफ्ना कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १०:२० मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...