back
CTIZAN AD

ओलीको निर्वाचन क्षेत्रमा प्रचण्ड–नेपाल पक्षको विद्यार्थी भेला

वि.सं.२०७७ मंसिर २८ आइतवार

708 

shares

काठमाडौं । आन्तरिक विवाद बढेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गुटगत भेलाहरुले तिव्रता पाएका छन् । जसमा युवा तथा विद्यार्थीहरुको भेला क्रमिक रुपमा दुवै पक्षले गर्न थालेका छन् ।

केहि दिनअघि थापाथली क्याम्पस काठमाडौंमा विद्यार्थी भेला गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आइतबार झापा दमकमा विद्यार्थी भेला गरेको छ । प्रचण्ड–नेपाल पक्षले दमकको बहुमुखी क्याम्पसमा प्रदेश १ स्तरीय विद्यार्थी भेला गरेको हो ।

भेलामा प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि भएका थिए । त्यस्तै नेकपाका केन्द्रीय सदस्यहरू शिवकुमार मण्डल, महेष रेग्मी, भाष्करराज काफ्ले, झलकसंह दर्लामीसमेत भेलामा सहभागी भएको बताइएको छ।

विद्यार्थीहरुलाई सम्बोधन गर्न अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ पनि पुगेका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विद्यार्थीहरूले मंसिर २२ मा विराटनगरमा प्रदेशस्तरीय भेला गरेका थिए।

वि.सं.२०७७ मंसिर २८ आइतवार १७:२१ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...