back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा २८ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २८ आइतवार

654 

shares

२८ मंसिर, काठमाडौं । नेपालमा आइतबार  (२८ मंसिर) सम्म पिसीआर प्रविधिबाट १८ लाख ३१ हजार ४१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५ हजार १८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १० हजार ९९४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४ हजार ७६२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार २३२ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २९४ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३९, प्रदेश २ मा ७, बागमती प्रदेशमा १०७, गण्डकी प्रदेशमा ८३, लुम्बिनी प्रदेशमा ४६, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिममा ७ जना गरी जम्मा २९४ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १० जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ९ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ५२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर र कास्की रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ५१६ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका ८३० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । साथै आज १५०० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।

आज ९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६९८ पुगेको छ ।

नेपालमा आज ८३० जनामा कोरोना संक्रमण, १५ सय संक्रमणबाट मुक्त
नेपालमा आज ८३० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरी ५ हजार १८१ वटा कोरोनाको नमुना परीक्षण गरिएकोमा उपत्यकाका ३४८ जनासहित ८३० जनामा कोरोना संक्रमण देखिएको हो । जसमा ३३० महिला र ५०० पुरुष रहेका छन् ।

आज थपिएका ८३० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।

त्यसैगरी आज देशैभरीका अस्पताल,आइसोलेसन सेन्टर तथा होम आइसोलुनमा रहेका मध्ये १५०० निको भएका छन् ।

आज निको भएका १५०० जनासँगै नेपालमा संक्रमणबाट मुक्त हुनेको कूल संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो दर ९४.९ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६ हजार २३२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ७१४, प्रदेश २ मा १०६, बागमती प्रदेशमा ३५८०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ९६०, कर्णाली प्रदेशमा १२९ र सुदूरपश्चिम प्रदेशमा ७३० जना गरी ६ हजार २३२ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ४ हजार ७६२ जनाको उपचार भइरहेको छ ।

आज कोरोना संक्रमणबाट ९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरीका विभिन्न जिल्लाका नौ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।
आज थपिएका ९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १६९८ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा २७ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २८ आइतवार १७:३१ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...