back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा २७ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २७ शनिवार

825 

shares

२७ मंसिर, काठमाडौं । नेपालमा शनिबार (२७) सम्म पिसीआर प्रविधिबाट १८ लाख २५ हजार ८६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ५,२४२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ११ हजार ६७३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४ हजार ७४१ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ९३२ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २६२ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३३, प्रदेश २ मा ६, बागमती प्रदेशमा ७०,गण्डकी प्रदेशमा ९१, लुम्बिनी प्रदेशमा ४८, कर्णाली प्रदेश र सुदूरपश्चिममा ७\७ जना गरी जम्मा २६२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ७ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा ४१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, काठमाडौं ललितपुर र कास्की रहेका छन् भने क्वारेन्टिनमा ५१९ जना रहेका छन् । साथै शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका ८९९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । साथै आज १३५९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ ।

आज १५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६८९ पुगेको छ ।

आज देशैभरी ८९९ जनामा संक्रमण, १३५९ जना निको भए
पछिल्लो पटक नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा गरिएको ५,२४२ वटा नमुना परीक्षणमा ८९९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज उपत्यकामा ४८२ जना मात्रै संक्रमित थपिएका छन् ।

त्यसैगरी देशैभरीका अस्पताल, आइसोलेसन सेन्टर र होम आइसोलेसनमा रहेकाहरुमध्ये १३५९ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको यो दर ९४.६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु
कोरोना संक्रमणबाट नेपालमा आज १५ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा आज १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  आज थपिएका १५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म १६८९ जनाको मृत्यु भएको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा २६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर २७ शनिवार १७:४३ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...